काठमाडौं। काठमाडौंमा सुरु भएको बिवाईडी ‘हाइटेक वीक’मा चार ब्राण्डका पाँच गाडी प्रदर्शनमा राखिएका छन्। नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पहिलो पटक हाइटेक वीक आयोजना गरी गाडी प्रशर्दनी गरेको हो।
बिवाईडीले आयोजना गरेको ‘हाइटेक वीक’मा बीवाइडीको अफरोड पीकअप ट्रक सार्क, फेङचेङ बाओको बाओ ५, याङवाङको यू ८, डेञ्जाको एमपीभी डी ९ र जेड ९ जीटी प्रदर्शन गरिएको छ। बिवाईडीले नेपालमा पहिलो पटक लक्जरी एमपिभी पिकअप ट्रक, सुपरकार र अफ-रोड यसयूभी जस्ता गाडी प्रदर्शन गरेको हो।
कम्पनीले ‘हाइटेक वीक’मा ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इञ्जेलिजेण्ट बडी कन्ट्रोल सिस्टम, ई-प्लेटफर्म ३.० डुअल मोड अफरोड (डिएमओ) एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन-कार एआई इनोभेसनलगायत अत्याधुनिक प्रविधिबारे जानकारी दिइएको छ। साथै, साइमेक्स इंकले लाइभ डेमो पनि देखाएको हो।
ईभी गाडी मात्र बिक्री गर्दै आएको साइमेक्स इंकले ‘हाइटेक वीक’मा प्लगइन हाइब्रिड मोडल पनि देखाएको छ। प्लगइन हाइब्रिडसँगै अफरोड क्यापाविलीटी, ट्यांक टर्न, क्रयाब वाक जस्ता गाडीका टेक्नोलोजी प्रदर्शन गरेको छ।
डेञ्जा डि ९
‘हाइटेक वीक’मा प्रदर्शनी गरिएको डेञ्जा डी ९ एक लक्जरी एमपिभी हो। जसले ८२० किलोमिटर रेञ्ज प्रदान गर्छ। डेञ्जा डि९ मा १०३.३६ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसले सिंगल चार्जमा ६०० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ। यसलाई डिसी फास्ट चार्जरले चार्ज गर्दा ३० मिनेट लाग्छ।

यसको लम्बाई ५२५० एमएम, चौडाइ १९६० एमएम र उचाइ १९२० एमएम छ। यसका ३११० एमएमको ह्विलवेस पाउन सकिन्छ। यसमा एडभान्स एआइ असिस्टेन्ट, एयर सस्पेन्सन र प्रिमियम इन्टेरियर जस्ता सुविधा छन्।
सार्क ६
बिवाईडीले प्रदर्शनीमा राखिएको सार्क ६ नयाँ पुस्ताको पिकअप ट्रक हो। जसले एक हजार एनएम टर्क उत्पादन गर्न सक्ने क्षमता राख्छ। यसमा १२ सय किमीसम्मको रेञ्ज र उच्च क्षमतायुक्त टनेज लोड सुविधा छ।

सार्क ६ को लम्बाई ५४५७ एमएम, चौडाई १९७१ एमएम र उचाई १९२५ एमएम छ। यसको ह्विलवेस २९२० एमएम छ। यसमा पोर्टेवल चार्जिङ केबल, भिटुएल फङसन, रियर पार्किङ सेन्सर, फर्न्ट सेन्सर पार्किङ, ३६० डिग्री क्यामरा, १०.२५ इन्च एलसीडी इन्स्ट्रुमेन्टलगायतका फिचरहरु समावेश गरिएको छ।
याङवाङ यू ८
बिवाईडी ‘हाइटेक वीक’मा राखिएको याङवाङ यू-८ ई-४ प्लेटफर्ममा बनेको गाडी हो। यो ४ मोटरयुक्त अफरोड यसयुभीले ११०० हर्सपावर उत्पादन गर्न सक्छ। यसमा ३६० डिग्री टर्निङ क्षमता, पानीमा तैरन सक्ने प्रविधि र ६-स्टार सेफ्टी जस्ता विशेषताहरू रहेका छन्।

बाओ ४
बिवाईडीले ‘हाइटेक वीक’मा प्रदर्शनी गरेको बाओ अफरोड भेहिकल हो। जसमा ४०० किमी भन्दा बढी रेन्ज, ५.५ अफ रोड क्षमता, ८०० फास्ट चार्जिङ सुविधा उपलब्ध छ।

जेड ९ जिटी
बिवाईडीले हाइटेक वीकमा प्रदर्शनी गरेको जेड ९ जिटी एक सुपरकार हो। जसले ०-१०० किमी प्रतिघण्टा गति २.९ सेकेन्डमा प्राप्त गर्न सक्छ। १३०० हर्सपावर क्षमताको यो गाडी कार्बन फाइबर डिजाइनमा निर्मित छ।
