काठमाडौं। बंगलादेश र पाकिस्तानले दशकौँदेखिको तनावपूर्ण सम्बन्धपछि सरकार-सरकारबीच प्रत्यक्ष व्यापार सुरु गरेका छन्। पाकिस्तानबाट बंगलादेशका लागि ५० हजार टन चामल आयातसँगै दुई देशबीचको सीधा व्यापार सुरू भएको हो।
यी दुई देश कुनै समय एउटै राष्ट्र थिए। तर, सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका थिए। विभाजनपछि बंगलादेश भारतसँग नजिकको सम्बन्ध राख्दै आएको थियो।
यद्यपि, लामो समयदेखि बंगलादेशी प्रधानमन्त्री रहेकी शेख हसिनालाई अगस्त २०२४ को क्रान्तिमा अपदस्थ गरिएको थियो। उनी हेलिकप्टरबाट आफ्ना निकट सहयोगीसहित आफ्नो पुरानो सहयोगी भारतमा पलायन भएका थिए।
उनीविरूद्ध मानवताको अपराधको आरोप लागेको छ। अनुसन्धानका लागि बंगलादेशको अन्तरिम सरकारले सुपुर्दगी गर्न भनेको छ। तर, भूतपूर्व प्रधामन्त्री हसिनाले अनुरोधलाई वेवास्था गर्दै आएको छ।
त्यसयता भारत र बंगलादेशको नयाँ सरकारबीचको सम्बन्धमा चिसोपन आएको छ। जसले गर्दा इस्लामाबाद र ढाकाले विस्तारै सम्बन्धलाई पुनः निर्माण गर्ने अनुकुलता बनेको छ।
करिब १७ करोड जनसंख्या भएको यो देश विशेष गरी विनाशकारी बाढी र चक्रवातको जोखिममा रहेको छ। यो जमिनमा तापक्रम बढ्दै जाँदा मात्र तीव्र हुने विपत्ति हो। निजी बंगलादेशी कम्पनीले वर्षौंदेखि पाकिस्तानी चामल आयात गर्दै आएका छन्। तर, पाकिस्तानी सामान पहिले यात्रा गर्नुअघि सामान्यतया श्रीलंका, मलेसिया वा सिंगापुरमा फिडर जहाजमा लोड गर्नु पर्थ्यो।
सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यपछि उपमहाद्वीपबाट अलगिएका भारत र पाकिस्तानले धेरै युद्ध लडेका छन्। कटु शत्रुका रूपमा रहेका छन्।