काठमाडौं। इसेवाले नेपालीहरूको महान चाड दशैं, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ ल्याएको इसेवा महाउत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण गरेको छ।
विजया दशमीदेखि छठ पर्वसम्म करिब दुई महिनासम्म चलेको यस अफरमा इसेवाबाट कुनै एक कारोबार गर्ने भाग्यशाली प्रयोगकर्तालाई बम्पर उपहार स्वरुप नामी कम्पनीको नयाँ इलेक्ट्रिक कार जित्ने मौका थियो। बम्पर उपहार विजेता हुन सफल भएका रवि बम्जनलाई आज एक औपचारिक कार्यक्रम गरी इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्य र फाइनान्स प्रमुख सरोज कुमार घिमिरेद्वारा कार हस्तान्तरण गरिएको हो।
इसेवाको यो अफर २०८१ सालको असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो। हरेक कारोबारमा कार जित्ने मौकासँगै १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई आइफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदिको बिल भुक्तानी गर्ने प्रयोगकर्तालाई ६५ इन्चको टिभी जित्ने मौका पनि रहेको थियो।
दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिल्स यस इसेवा महाउत्सवमा थप आर्कषणका केन्द्र रहेको थियो। इन्टरनेट बिल भुक्तानी गर्नेका लागि आइफोन १६ प्रो जित्ने मौकासमेत समावेश थियो।
नामी कार विजेता बम्जनले आफूले कार जित्ने कुरा कहिले नसोचेको र इसेवाबाट उक्त जानकारी पाउँदा सुरुमा त विश्वास नगरेको, तर पछि इसेवाको आधिकारीक पेजमार्फत सोबारे समाचार तथा विज्ञप्ती देखेपछि विश्वास भएको बताए।
सोही कार्यक्रमको क्रममा बम्जनले यस जितले आफ्नो जिवनमा स्तरोन्नति हुने भएकोमा खुशी व्यक्त गर्दै इसेवालाई धन्यवाद ज्ञापन गरे। इसेवाबाट बिजुली तथा खानेपानी भुक्तानी, टपअप जस्ता विविध भुक्तानी सेवाले उनको जीवनलाई सहज बनाउँदै आएको र उनी जस्तै लाखौँ मानिसको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले खुसी व्यक्त गरेका थिए।
इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले पनि उक्त कार्यक्रममा नामी कार हस्तान्तरण गर्दै विजेता बम्जनलाई बधाई दिए। उनले यस अवसरमा ग्राहकको सहजता, सन्तुष्टि र वित्तीय सुरक्षा नै इसेवाको प्राथमिकता रहेको बताए भने इसेवा सदैव डिजिटल नेपालको लागि कार्यरत रही, आवश्यताअनुसार नवीनतम सेवा थप गर्दै सबै सधैँ सँगै एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढ्ने कुरामा समेत प्रमुख रणनीतिक अधिकारी शाक्यले जोड दिएका थिए।
नेपालको पहिलो तथा अग्रणी डिजिटल वालेटको रुपमा स्थापना भएको इसेवाले नेपालको ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ। शहरी क्षेत्रमा मात्र सिमित नभई उपत्यकाबाहेक विभिन्न क्षेत्रमा सेवा प्रदान गर्न हाल देशभर इसेवाका ८ वटा शाखा कार्यालय तथा ३ वटा सम्पर्क कार्यालय छन्।
प्ले स्टोरमा १ करोड डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट इसेवामा १ करोडभन्दा बढी ग्राहक २ लाख ७० हजारभन्दा बढी आधिकारिक प्रतिनिधिका साथै ४९ वटा बैंक, ४५ वटा माइक्रोफाइनान्स संस्था र ५ लाखभन्दा बढी मर्चेन्ट आवद्ध रहेका छन्।