काठमाडौं। नेपालमा बिवाइडीले पहिलो पटक आफ्नो विशेष इलेक्ट्रिक भेहिकल प्रदर्शनी गर्ने भएको छ। बिवाइडीले हाइटेक वीक आयोजना गरि पाँच नयाँ कार प्रदर्शनी गर्ने भएको हो। फेब्रुअरी २७ देखि मार्च २ सम्म नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा सञ्चालन हुने कार्यक्रममा विभिन्न अत्याधुनिक इभी मोडेलहरू राखिने छ।
बिवाइडीले नेपालमा पहिलो पटक लक्जरी एमपिभी पिकअप ट्रक, सुपरकार र अफ–रोड यसयूभी जस्ता गाडी प्रदर्शन गर्न लागेको हो।आयोजकका अनुसार प्रदर्शनीमा नयाँ प्रविधियुक्त गाडीहरू अवलोकन गर्न सकिनेछ भने इभी विज्ञहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसरसमेत प्राप्त हुने छ।
प्रदर्शनीमा डेन्जा डी९, सार्क६, जेड९ जिटी, याङवाङ यू८ जस्ता अत्याधुनिक मोडेलहरू प्रस्तुत गरिने छन्। डेन्जा डी एक लक्जरी एमपिभी हो, जसले ८२० किमी रेन्ज प्रदान गर्छ। यसमा एडभान्स एआइ असिस्टेन्ट, एयर सस्पेन्सन र प्रिमियम इन्टेरियर जस्ता सुविधाहरू रहेका छन्। सार्क ६, नयाँ पुस्ताको पिकअप ट्रक हो, जसले १००० एनएम टर्क उत्पादन गर्न सक्ने क्षमता राख्छ। यसमा १२०० किमी सम्मको रेन्ज र उच्च क्षमतायुक्त टनेज लोड सुविधा छ। जेड९ जिटी एक सुपरकार हो, जसले ०–१०० किमी प्रतिघण्टा गति २.९ सेकेन्डमा प्राप्त गर्न सक्छ। १३०० हर्सपावर क्षमताको यो गाडी कार्बन फाइबर डिजाइनमा निर्मित छ।
बिएओ ४ एक अफ–रोड यसयूभी हो, जसमा ४०० किमी भन्दा बढी रेन्ज, ५.५ अफ–रोड क्षमता, ८०० फास्ट चार्जिङ सुविधा उपलब्ध छ। याङवाङ यू ८ चार मोटरयुक्त अफ–रोड यसयूभी हो, जसले ११०० हर्सपावर उत्पादन गर्न सक्छ। यसमा ३६० डिग्री टर्निङ क्षमता, पानीमा तैरन सक्ने प्रविधि र ६–स्टार सेफ्टी जस्ता विशेषताहरू रहेका छन्।
कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। इभी प्रविधिमा रुचि राख्ने उपभोक्ताका लागि यो प्रदर्शनी महत्वपूर्ण अवसर हुने आयोजकको दाबी छ। नेपालमा पहिलो पटक बिवाईडी का अत्याधुनिक गाडी अनावरण गरिँदैछ भने सहभागीहरूले विशेष अफरहरू पनि प्राप्त गर्न सक्ने छन्। प्रदर्शनी अवलोकन गर्न इच्छुक व्यक्तिहरूले ई–सेवा मार्फत टिकट बुकिङ गर्न सक्ने छन्।