काठमाडौं। नेपाली बजारमा टाटाको एययूभी कर्भ ईभी सार्वजनिक भएको छ। आइतबार एक कार्यक्रम आयोजनाकाबीच टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कर्भ ईभी सार्वजनिक गरेको हो।
टाटा मोटर्सको पहिलो कुप्पे डिजाइनको एसयूभी कर्भ ईभीमा ४५ किलोवाट र ५५ किलोवाट आवर दुई ब्याट्री प्याकमा उपलब्ध छ। टाटा कर्भ ईभीको ठूलो ब्याट्रीले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने एमआईडीसी टेस्टले प्रमाणित गरेको छ।
टाटाले कर्भ ईभीमा ब्याट्री जस्तै मोटर पनि फरक साइजमा उपलब्ध गराएको छ। यसको ५५ किलोवाट आवरको ब्याट्री प्याकसँग १२५ किलोवाट र ४५ किलोवाट अवारको सानो ब्याट्रीसँग ११२ किलोवाट क्षमताको मोटर दिएको छ। कर्भ ईभीको ग्राउण्ड क्लियरेन्स १९० एमएम छ।
यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन ९ सेकेन्ड मात्रै लाग्ने छ। अत्याधुनिक फिचरहरुले सुसज्जित कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा बनाइएको छ।
ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२।३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रिन, टचवेस क्लाइमेट कन्ट्रोल, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ।
आकर्षक डिजाइन अत्याधुनिक प्रविधियुक्त यस गाडी भारतमा पाँच भेरियन्टमा उपलब्ध रहेपनि नेपालमा भने टप भेरियन्ट भित्र्याइएको हो। यस गाडीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
टाटाले कर्भ इभीसहित २७ लाख ४९ हजार रुपैयाँ मूल्य तोकेर टाटा टियागो इभीको नयाँ मोडेल र ४८ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नेक्सन केथ्री पनि सार्वजनिक गरेको छ।

