काठमाडौं। काठमाडौं म्यारियट होटल, फेयरफिल्ड बाइ म्यारियट काठमाडौं र बहुप्रतीक्षित मोक्सी काठमाडौंले मिचेल कुपम्यानलाई क्लस्टर महाप्रबन्धकको रूपमा स्वागत गरेको छ।
तीन दशकभन्दा बढी समय विभिन्न देशका विश्वव्यापी ब्राण्डहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले लक्जरी, लाइफस्टाइल र कर्पोरेट आतिथ्यको गहिरो अनुभव बोकेका छन्। उनको रणनीतिक नेतृत्व र उत्कृष्टताको प्रतिबद्धता नेपालको बढ्दो पर्यटन तथा आतिथ्य क्षेत्रमा म्यारियटको उपस्थिति थप मजबुत बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नयाँ भूमिकामा उनले काठमाडौं म्यारियट होटल, फेयरफिल्ड बाइ म्यारियट काठमाडौं र मोक्सी काठमाडौंको सञ्चालनको नेतृत्व गर्दै सुविधाजनक सेवा, नवीनतम अतिथि अनुभव र परिचालन उत्कृष्टता सुनिश्चित गर्ने छन्। उनको नेतृत्वले नेपाललाई विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने प्रमुख गन्तव्यका रूपमा उचाइमा पुर्याउने लक्ष्य लिएको छ। जसले अन्तर्राष्ट्रिय तथा स्वदेशी पर्यटकलाई आकर्षित गर्ने छ।
आफूले जिम्मेवारी पाएसँगै कुपम्यानले आफ्नो लागि ठूलो अवसर भएको बताए। 'यी उत्कृष्ट होटलको नेतृत्व सम्हाल्ने अवसर पाउनु मेरो लागि ठूलो सम्मान हो। नेपालको पर्यटन र आतिथ्य क्षेत्र समृद्ध छ। संस्कृति, रोमाञ्चकता र न्यानो स्वागतले भरिएको छ। हाम्रो दक्ष टोलीसँग मिलेर अतिथिलाई अविस्मरणीय अनुभव प्रदान गर्न म उत्साहित छु,' उनले भने।
नेपालको पर्यटन उद्योगमा लक्जरी आतिथ्य अनुभवको माग बढ्दै गएको छ। कुपम्यानको नेतृत्वमा यी होटलहरूको सेवा उत्कृष्टता, नवीनता र अतिथि सन्तुष्टिका क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।