काठमाडौं। नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आज पोखराको चौथेमा दिपलको नयाँ सोरुम उद्घाटन गरेको छ।
एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो।

दिपलको नयाँ सोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दीप चार्टजीले संयुक्त रुपमा गरे।
सो अवसरमा विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को पनि रिजनल लन्च गरिएको थियो।
पोखरामा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले नयाँ सोरुमबाटै शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ। यो अवधिमा गण्डकी क्षेत्रका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन्।

टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डायमन्ड कोटिङ, फ्रि ७ किलोवाट चार्जर र एसेसरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाइने कम्पनीले जनाएको छ। यसका अलावा दिपलका इभी टेस्ट ड्राइभ गर्ने सबैले दिपलबाट उपहार पाउनेछन्।
नाडाका अध्यक्ष करण चौधरीले नेपालले विद्युतीकरणमा निकै अगाडि बढिसकेको र कुल आयातको ७२ प्रतिशत गाडी ईभी भएको बताए। उनले नेपालमा अहिले राम्रो प्रदर्शन गरिरहेको दिपलले ग्राहकबाट भरोसा जितिरहेको धारणा व्यक्त व्यक्त गरे।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचर छन् भने यो ईभी नेपाली बजारमा सात सय बढी बिक्री भइसकेको छ।