काठमाडौं। नेपालकै पहिलो भिट्रिफाइड टाइल ब्रान्ड लामिनार टाइल्सले फुल–बडी टायल सेन्टो सार्वजनिक गरेको छ। सेन्टो टायल अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल–बडी टायल संग्रह रहेको कम्पनीको भनाइ छ।
सेन्टो टायल भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन अवसरमा औपचारिक सार्वजनिक गरे। लामिनार टायल्स फागुन ११ गतेसम्म चल्ने बिल्डकन एक्स्पोको प्रमुख प्रायोजक हो।
फुल–बडी टायलको बनावट प्राकृतिक ढुंगाजस्तै भएकाले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक नपर्ने दाबी कम्पनीको छ।
लामिनार टायल्स उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानका अनुसार पीईआई रेटिङ ५ भएका कारण सेन्टो टायल उच्च आवातजावत हुने स्थान विमानस्थल, सपिङ मल, होटल, अस्पताल, पार्किङ, सडकपेटी, अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन्।
आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिमि मोटाइका सेन्टो टायलले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा उल्लेखनीय प्रदर्शन गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणमा समेत सेन्टोले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ।आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो टायल आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाका लागि उत्तम विकल्प बनेको कम्पनीले जनाएको छ।