काठमाडौं। काठमाडौं म्यारियट होटलले आफ्ना कर्मचारीलाई बोनस वितरण गरेको छ। पाँच तारे होटलमा उत्कृष्ट पर्फमेन्स गरिरहेको काठमाडौं म्यारियट र फेयरफिल्डले आफ्ना कर्मचारीलाई ३ करोड ४८ लाख ३९ हजार रुपैयाँ बोनसबापत वितरण गरेकाे हाे।
एभरेष्ट हस्पिटालिटी एन्ड होटल अन्तर्गत सञ्चालित होटल म्यारियट काठमाडौंले ३ करोड १३ लाख ३५ हजार ५७० रुपैयाँ बोनस वितरण गरेकाे हाे। त्यसैगरी, नेपाल हस्पिटालिटी एन्ड होटलअन्तर्गत सञ्चालित फेयरफिल्ड काठमाडौं म्यारियटले ३५ लाख ३ हजार ४७१ रुपैयाँ बोसन वितरण गरकाे एभरेष्ट हस्पिटालिटी एन्ड होटलका प्रबन्ध निर्देशक गौरव अग्रवाले जानकारी दिए।
नेपाल हस्पिटालिटी एण्ड होटलअन्तर्गत सञ्चालित काठमाडौं म्यारियटले बोसन वितरण गरेको एभरेष्ट हस्पिटालिटी एण्ड होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले जानकारी दिए।
म्यारियटले गत वर्षदेखि आफ्ना कर्मचारीलाई बोनस वितरण गरेको थियो। पहिलो वर्ष म्यारियटले आफ्ना कर्मचारीलाई २ करोड ८० लाख रुपैयाँ बोनस वितरण गरेको थियो। यस वर्ष ३ करोड १३ लाख रुपैयाँ बाँड्ने भएको हो।
म्यारियटले नाफाको १० प्रतिशत रकम बोनसबापत वितरण गर्न लागेको अग्रवालले जानकारी दिए। विषम परिस्थितिबीच म्यारियट होटलले आफ्ना कर्मचारीलाई गत वर्षभन्दा बढी बोनस वितरण गर्न सक्ने भएको एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले बताए।

एमएस ग्रुपअन्तर्गत दुई होटल छन्। ‘तीन खम्बे सहयोगका कारण संकटबीच नाफा कमाउन सफल भएका हौं, कर्मचारीको लगनशीलता, म्यारियटको व्यवस्थापन र लगानीकर्ताको संयुक्त प्रयासले सफलता हात परेको हो,’ अध्यक्ष अग्रवालले भने, ‘सञ्चालनमा आएको छोटो समयमै कर्मचारीलाई नाफा दिन सकेका छौँ।’
यो समूहले गौरवको नेतृत्वमा तेस्रो होटल सञ्चालनमा ल्याउने तयारी गरेको छ। दरबारमार्गमा नयाँ होटल सञ्चालनमा आउने भएको हो। यस्तै, समूहले नेपालमा अन्य सुपर लक्जरी होटल पनि खोल्ने तयारी गरिरहेको छ।