काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ २३ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९८ पैसा तय गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।
जापानी येन १० को खरिददर ०९ रुपैयाँ २२ पैसा र बिक्रीदर ०९ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्री दर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ।
त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ०९ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ २० पैसा र बिक्रीदर ४५० रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७३ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९४ पैसा तय गरिएको छ।
यस्तै, भारु १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समय पनि संशोधन गर्न सकिने जनाएको छ।