काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का एक उच्च अधिकारीबाट खबर आयो अब नेपालमा एयरबसबाट निर्मित हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाउँदै छौँ।
नेपालमा भएका अधिकांश हेलिकोप्टर दुर्घटना एयरबसबाट निर्मित हेलिकोप्टर नै रहेको र सुरक्षा स्थितिमा बलियो नभएको अध्ययनको क्रममा पाएपछि तत्कालका लागि प्रतिबन्ध लगाउन लागिएका छौँ भन्ने खबर विश्वस्त श्रोतबाट आयो। श्रोतको भरमा नेपालमा एयरबसको हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाएको समचार सार्वजनिक भयो।
जब, समचार प्रकाशन भयो, तब प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं तालुकदार मन्त्रालयल संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि थाहा पाए। उनले समचार हेरे उनी आफै चकित भए।
कुनै पनि निर्णय गर्दा तालुकदार मन्त्रालयको सहमति हुनुपर्नेमा हेलिकोप्टर आयातमा प्रतिबन्ध लगाउने जस्तो ठूलो निर्णयमा आफूलाई जानकारी नदिएको भन्दै मन्त्री पाण्डे फायर भए।
मन्त्री पाण्डेले सीधै प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई फोन गरेर प्रतिबन्ध लगाउन लागेको हल्ला के हो र कसरी फैलियो भनेर सोधेँ। प्राधिकरणका महानिर्देशक अधिकारीले आफूलाई कुनै पनि जानकारी नै नभएको विषय समचारमा आएको भन्दै उल्टै चकित भएको प्रष्टीकरण मन्त्रीलाई दिए।
‘मैले समचार हेरेपछि महानिर्देशकलाई फोन गरे, उहाँ आफै चकित हुनुभयो,’ पर्यटनमन्त्री पाण्डेले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘यस्तो निर्णय हुन सक्दैन र गर्न पनि मिल्दैन, उहाँ मन्त्रालयमा आएर मलाई भन्नु भयो।’
त्यही एयरबसबाट उत्पादन भएका हेलिकोप्टर र जहाज सञ्चालन गर्न हुने तर त्यही विषयले कालोसूचीमा राख्ने भन्दै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए।
महानिर्देशकले आफूले यस्तो खालको निर्णय नगरेको भनेपछि मैले थप चासो दिएको छैन, मन्त्री पाण्डेले भने। समचारमा आएको विषय खण्डनका लागि मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिइसकेको छ।
‘यस्ता खालका समचारहरु कसरी सार्वजनिक भयो भन्ने विषयमा प्रष्ट पार्न मैले निर्देशन दिएको छु,’ मन्त्री पाण्डेले भने।
खासमा प्राधिकरणका महानिर्देशक अधिकारीले युरोपियन युनियन (ईयु)ले लामो समयदेखि नेपाली आकाशलाई कालोसूचीमा राखिरहेको प्रति असन्तुष्टि जनाउँदै आएका थिए।
त्यही एयरबसबाट उत्पादन भएका हेलिकोप्टर र जहाज सञ्चालन गर्न हुने तर त्यही विषयले कालोसूचीमा राख्ने भन्दै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए। जबसम्म ईयुले नेपाली आकाशलाई कालोसूचीबाट हटाउँदैन, तबसम्म युरोपमा बनेका हेलिकोप्टरलाई आयातमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने धारणाका साथ महानिर्देशक अधिकारी लागेका थिए।
सोहीअनुसार ईयुलाई तर्साउनका लागि प्राधिकरणले बोल्ड निर्णय गर्न लागिरहेको बेला पर्यटन मन्त्री पाण्डेले कुनै एक कम्पनीलाई मात्र प्रतिबन्ध लगाउँदा गलत सन्देश जाने भन्दै महानिर्देशकलाई रोकेका थिए।
प्राधिकरणले ट्वीटरमार्फत भन्योः समचारमा सत्यता छैन, प्राधिकरणले बिहीबार साँझ ८ः४३ बजे ट्वीट गर्दै एयरबसको हेलिकोप्टर आयातमा लगाएको प्रतिबन्ध भन्ने समचारमा सत्यता नभएको बताएको छ।
मन्त्री पाण्डेको ठाडो निर्देशनपछि प्राधिकरणले ट्वीटरमार्फत भनेको छ ‘विश्वभरका सुरक्षित वायुयान निर्माता कम्पनीहरूलाई नेपालमा खुला र समान अवसर प्रदान गर्ने सम्बन्धमा भएको छलफलको तथ्यविपरीत, संचार माध्यममा आएका ‘नेपालमा युरोपेली हेलिकोप्टर वायुयान आयातमा प्रतिबन्ध सम्बन्धि समाचारका सम्ब न्धमा कुनै पनि आधिकारिक निर्णय नभएको व्यहोरा अनुरोध छ।’