काठमाडौं। कोदाली भेन्चर्स प्रालिले नेपाली बजारमा स्वास्थ्यवर्धक र प्राकृतिक खाद्य उत्पादन बिक्री सुरू गरेको छ। नेपाली किसानले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ दाल, भटमासजस्ता रैथाने अन्नमा आधारित उत्पादन बजारमा बिक्री सुरू गरिएकाे कम्पनीले बताएकाे हो।
यी उत्पादनमा कुनै रसायनिक प्रसोधन वा संरक्षक प्रयोग नगरिएकाले यी मानव स्वास्थ्यका लागि लाभदायक रहेको कम्पनीको दाबी छ।
कोदाली भेन्चर्सले फापर फ्लेक्स उत्पादन बिक्री सुरू गरेको छ। टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो, जसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्छ। यो कम प्रसोधित खाद्य पदार्थ हो र पौष्टिक आहार चाहनेका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।
यस्तै कम्पनीले भिगन प्रो टुसा उमारिएको मुङ, तिल र जडीबुटीबाट बनेको २५५ प्रोटिनयुक्त पीठो हो। यसलाई बारा, सूप, वा आँटाको पीठोमा मिसाएर सुख्खा रोटी बनाउन सकिन्छ। यो स्वस्थ जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत हो।
कम्पनीका अनुसार माइ चोइस टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको स्वस्थ पेय पदार्थ हो। यसले बच्चालाई रैथाने खाद्यवस्तु खाने बानी बसाउन मद्दत गर्ने र उनीहरूको पौष्टिक आवश्यकता पूर्ति गर्ने कम्पनीको भनाइ छ।
यसैगरी कम्पनीले प्यानकेक मिठाे गिले रोटी बजारमा ल्याएको छ। यो अंकुरित अन्न जस्तै, जौ, फापर, कागुनो, आलस र गुँडबाट बनेको पीठो हो। यो रसायनरहित उत्पादन हो र ओमेगा-३ जस्ता पोषक तत्वले भरपूर छ, जुन स्वस्थ मुटु र मस्तिष्कका लागि आवश्यक छ।
कोदाली भेन्चर्सले आफ्ना उत्पादनमा कुनै रसायन प्रयोग नगरी, प्राकृतिक विधिबाट उत्पादन गर्छ। यसले नेपाली उपभोक्ताहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ। साथै, यसले नेपाली उत्पादनमै अधिकतम पौष्टिक तत्व हुने गरी उत्पादन गरेकाले यसले नेपाली खाद्य संस्कृतिलाई पनि बढावा दिइरहेको छ।
भविष्यमा, कोदाली भेन्चर्सले विश्व बजारमा नेपाली पहिचानसहित आफ्ना उत्पादन विस्तार गर्ने योजना बनाएको छ। यसले नेपाली महिलाको उद्यमशीलता र नेतृत्वलाई पनि प्रोत्साहन दिइरहेको कम्पनीका प्रबन्ध निर्देशक प्रतीक आधिकारीले जानकारी दिए।