काठमाडौं । लामो समयदेखि दूरसञ्चार प्राधिकरणबाट यूनिफाइड लाइसेन्सको पर्खाइमा रहेको सीजी टेलिकमले सेवा विस्तार गर्न तयारी अवस्थामा रहेको बताएको छ ।
गत बिहिबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अभिव्यक्ति तथा सीजी टेलिकम सेवा विस्तारको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चौधरी समुहले नेपालीलाई सस्तो तथा गुणस्तरीय सेवा सञ्चालन दिन आवश्यक सबै तयारी पुरा गरिसकेको जानकारी दिएको हो ।
कार्यक्रममा चौधरी समुहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी टेलिकम सञ्चालन गर्न तयारी अवस्थामा रहेपनि तीन बर्षदेखि सरकार बाधक बनिरहेको बताए ।
उनका अनुसार सीजी टेलिकमले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गत बिहीबार पत्रकार सम्मेलनमा २० अर्ब तिरे सीजीले लाइसेन्स पाउने भन्ने अभिव्यक्ति पनि नियोजित देखियो । उनले यूनिफाइड लाइसेन्स लिन २० अर्ब तिर्नुपर्ने नभई १० वर्षको अवधिमा लाइसेन्स नविकरण गर्दा तिर्नुपर्ने बताए ।
प्रबन्ध निर्देशक चौधरीले नेपालीलाई निःशुल्क भ्वाइस सेवा र अन्य सेवाप्रदायक भन्दा ५० प्रतिशत सस्तो डाटा सेवा दिनबाट सरकारले नै सीजीलाई लामो समयदेखि बन्धक बनाउँदै आएको आरोप लगाए । ‘हामीलाई सेवा सञ्चालन गर्न दिनुपर्छ, के कारण सीजीलाई आधारभूत टेलिफोन सेवामा आउन रोकिएको हो भन्ने जवाफ सरकारले दिनुपर्छ’ उनले भने ।
उनका अनुसार आधारभुत सेवाको लाइसेन्सकालागि सबै शर्त सीजीले पुरा गरिसकेको छ । चौधरी भन्छन ‘अन्य सेवाप्रदायकले बक्यौता नतिरी फ्रिक्वेन्सी होल्ड गरेर बसेका छन् तर, सस्तो सेवा दिन लागेको सीजी टेलिकमलाई रोक्नु तथा १० वर्षपछि अनुमति नवीकरण गर्दा तिर्नुपर्ने २० अर्बलाई लाइसेन्स लिँदा नै तिर्नुपर्ने भनेर मन्त्रीले भ्रम छर्न खोजिएको छ ।’
सीजी टेलिकमलाई सेवा विस्तार गर्न अवश्यक फ्रिक्वेन्सीको कुनै समस्या नरहेको चौधरीले बताए । उनले १८ सय व्यान्डमा फ्रिक्वेन्सी बाँकी नरहेपनि २२ सय र २३ व्यान्डका फ्रिक्वेन्सी खरिद गरि सेवा सञ्चालन गर्न तयार रहेको बताए ।
याे पनि पढ्नुहाेस्
सीजी यूनिफाइड लाइसेन्स : सञ्चारमन्त्री बाँस्कोटाले ‘२० अर्ब’ हचुवामै बोले
‘रोलआउट’को तयारीमा रहेको सीजी टेलिकमलाई सरकारी अवरोध किन ?
लेखा समितिको प्राधिकरणलाई प्रश्न– नयाँ टेलिकम कम्पनीलाई किन रोकियो ?
सीजीले २० अर्ब तिरे यूनिफाइड लाइसेन्स पाउँछ-सञ्चारमन्त्री बाँस्कोटा
सञ्चारमन्त्री बाँस्कोटालाई सीजीको प्रश्न कुन कानुनअनुसार २० अर्ब तिर्नुपर्न हो ?