काठमाडौं। नेपालमा रहेको ग्लोबल इक्विटी फण्ड प्रा.लि. (ग्लोबल इक्विटी)मा अमेरिकी कम्पनी साना उद्यम सहायता कोष (एसईएएफ)ले लगानी गर्ने भएको छ। दुई पक्षबीच लगानी भित्र्याउने सम्बन्धमा छलफल तथा प्रारम्भिक सहमति भएको हो। यद्यपि, दुई पक्षबीच हस्ताक्षर भएको प्रारम्भिक सर्त पत्र (टर्म सिट) बाध्यकारी सम्झौता भने हुन बाँकी रहेको जनाइएको छ।
प्रारम्भिक सहमतिको सर्तअनुसार जबसम्म अन्तिम सम्झौता (अधिग्रहण सम्झौता)मा हस्ताक्षर हुँदैन, तबसम्म यी दुवै पक्ष कुनै पनि कानुनी बाध्यतामा रहने छैनन्। नेपालमा सञ्चालित ग्लोबल इक्विटीले नेपाल पूर्वाधार लगानी कोष (एनआईआईएफ) तथा विकास प्रक्रियामा रहेका अन्य कोषको प्रतिनिधित्व गरिरहेको छ भने एसईएएफ अमेरिकी राजधानी वासिङ्टन डिसीमा अवस्थित छ।
यी दुई पक्षबीचको सम्झौता नेपालको लगानी क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ। ग्लोबल इक्विटीमा लगानी गर्न खोजेको एसईएएफले जीईएफमा ५१ प्रतिशत इक्विटी तथा आर्थिक हित प्राप्त गर्ने प्रस्ताव गरेको छ। प्रारम्भिक प्रस्तावमा लगानी गरिसकेपछि सो मितिबाट दुई वर्षको अवधिसम्म बिक्रेता जीईएफका सेयरधनीले हालको एसिया फ्रन्टियर व्यवसायका कुल आम्दानीको ७५ प्रतिशत प्राप्त गर्ने छन्।
प्राप्त भुक्तानीका अतिरिक्त, सोही दुई वर्षको अवधिमा सम्झौतापछिको समयमा रहेको सम्पत्ति व्यवस्थापनभन्दा बढी स्तरमा व्यवस्थित रूपमा वृद्धि भएको नयाँ सम्पत्तिको लागि बिक्रेता जीईएफका सेयरधनीले उक्त वृद्धि भएका सम्पत्तिबाट उत्पन्न कुल आम्दानीको ४९ प्रतिशत प्राप्त गर्ने जनाइएको छ।
यसअवधिमा एसईएएफले जीईएफलाई वार्षिक रूपमा निरन्तर रूपमा लाभदायक बनाउन हरसम्भव प्रयास गर्ने छ।
जीईएफका प्रमुख कार्यकारी अधिकृत मनिष थापा, उप-प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख लगानी अधिकृत आशिष ढकाल, प्रमुख जोखिम अधिकृत उज्जवल चन्द, तथा सञ्चालन तथा लेखा अधिकृत सञ्जोग घिमिरे सम्झौतापश्चात् दुई वर्षको आर्न-आउट अवधिमा पूर्वनिर्धारित तलबका साथ आफ्नो हालको भूमिका तथा जिम्मेवारीमा कायम रहने बताइएको छ।
यदि, सो व्यक्तिहरू आर्न-आउट अवधि समाप्त भएपछि पनि आफ्ना भूमिकामा निरन्तर रहन इच्छुक भए नयाँ सम्झौताका लागि वार्ता गर्न अनुरोध गर्न सक्ने छन्। सम्झौतापछिको कारोबारको दोस्रो वर्षको अन्त्यमा लगानी कार्य पूर्ण रूपमा सम्पन्न हुने र त्यसपछि जीईएफका सबै कुल आम्दानी एसईएएफद्वारा सुरक्षित गरिने छ।
यसअवधिमा एसईएएफले जीईएफलाई वार्षिक रूपमा निरन्तर रूपमा लाभदायक बनाउन हरसम्भव प्रयास गर्ने छ। यदि, सो अवधिमा जीईएफले घाटा बेहोर्नु परेमा घाटा एसईएएफ ५१ प्रतिशत र जीईएफ सेयरधनी ४९ प्रतिशतबीच समानुपातिक रूपमा बाँडिने योजना छ।
एसईएएफ र यसको कार्यकारी टोलीले जीईएफको लगानी पोर्टफोलियो व्यवस्थित रूपमा विस्तार गर्न, हालका कोषहरूको प्रवर्द्धन गर्न तथा नेपालमा थप नयाँ कोषहरू स्थापना गर्न हरसम्भव प्रयास गर्ने जनाइएको छ।
एसईएएफ कस्तो संस्था हो?
सन् १९८९ मा अन्तर्राष्ट्रिय विकास संस्था केयरको निजी इक्विटी लगानी सहायक रूपमा स्थापित भएको एसईएएफ सन् १९९५ मा एक स्वतन्त्र संस्था रूपमा विकसित भएको थियो। यसले परम्परागत पुँजी स्रोतद्वारा कम सेवा प्राप्त मुलुकमा रहेका वृद्धि उन्मुख उद्यमलाई लक्षित लगानी कोषहरूको प्रवर्द्धन र व्यवस्थापनमा विशेषज्ञता हासिल गरेको छ।
एसईएफले स्थानीय कोष व्यवस्थापन क्षमता स्थापना गर्ने लामो अनुभव राखेको छ र पूर्वी युरोप, ल्याटिन अमेरिका, एसिया, र अफ्रिकाका उदाउँदा बजारहरूमा साना तथा मझौला उद्यममा लगानी गरिसकेको छ।
एसईएफ उद्यमीमा जोखिम पुँजी लगानी, सक्रिय व्यापार साझेदारी, र ३० वर्षभन्दा बढीको अनुभवबाट विकसित ज्ञान तथा सञ्जालको स्थानान्तरणमार्फत उच्च प्रभावकारी आर्थिक विकासको लक्ष्य राख्दछ।
एसईएफले स्थानीय कोष व्यवस्थापन क्षमता स्थापना गर्ने लामो अनुभव राखेको छ र पूर्वी युरोप, ल्याटिन अमेरिका, एसिया, र अफ्रिकाका उदाउँदा बजारहरूमा साना तथा मझौला उद्यममा लगानी गरिसकेको छ।
एसएमई वित्तमा विश्वव्यापी अग्रणी सिईएफले ३३ देशहरूमा ३८ कोषहरू र १४ उद्यमशीलता तथा कार्यकारी विकास केन्द्र (सिड)सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ। एसईएफले ४०० भन्दा बढी जोखिम पुँजी लगानी गरिसकेको छ, जसको उत्पादन तथा सेवाले आर्थिक, सामाजिक, र वातावरणीय रूपमा दिगो तरिकाले जनताको जीवन सुधार गर्ने काम गर्छन्।
ग्लोबल इक्विटी फण्ड लिमिटेड नेपालकै पहिलो निजी इक्विटी फण्ड व्यवस्थापकको रूपमा सन् २०१९ मा स्थापना गरिएको हो।
एसईएफ एक विश्वव्यापी प्रभावकारी संस्था हो जसको उद्देश्य उद्यमशीलता र साना व्यवसायहरू मार्फत जीवन र समुदाय सुधार गर्नु हो। हामी ऋण र इक्विटी पुँजी लगानी गर्छौं साथै साना तथा मझौला उद्यमलाई सल्लाह र परामर्श प्रदान गरेर रोजगारी सिर्जना गर्न र दिगो समुदाय निर्माण गर्न सहयोग गर्छौं। यसले संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड, अल्बानिया, बंगलादेश, बुल्गारिआ, चीन र भारतलगायत थुप्रै देशमा लगानी गरेको छ।
ग्लोबल इक्विटी फण्ड
ग्लोबल इक्विटी फण्ड लिमिटेड नेपालकै पहिलो निजी इक्विटी फण्ड व्यवस्थापकको रूपमा सन् २०१९ मा स्थापना गरिएको हो। यसले नेपाल धितोपत्र बोर्डबाट विशेष लगानी कोष नियमावली २०१९ अन्तर्गत फण्ड व्यवस्थापन अनुमति पत्र २०२२ अगस्ट ९ मा प्राप्त गरेको थियो।
यसले एक क्षेत्र-निरपेक्ष प्रभावकारी फण्ड व्यवस्थापकको रूपमा साना तथा मझौला उद्यमहरूलाई प्रारम्भिक, विस्तार र वृद्धिको चरणमा महत्वपूर्ण वित्तीय सहयोग प्रदान गर्दै आएको छ।
लगानी दिशा, बजार अध्ययन, सञ्चालन कौशल, र रणनीतिक सञ्जालको माध्यमबाट मूल्य सिर्जना गर्न केन्द्रित रहेको कम्पनीले जनाउँछ। यसले नेपालकै प्रमुख घरेलु संस्थागत निजी इक्विटी र भेञ्चर क्यापिटल फण्ड व्यवस्थापक भएको दाबी गर्दै आएको छ।
ग्लोबल इक्विटी फण्डलाई हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स लगायत व्यवसायीक घराना तथा विभिन्न क्षेत्रका व्यक्तिले समर्थन गर्दै आएका छन्।