काठमाडौं। सेयर बजारमा सूचीकृत लगानी समूहका सात वटा कम्पनीमा सबैभन्दा उच्च सेयर मूल्य सिईडिबी होल्डिंग्स लिमिटेड (सीएचडिसी)को छ। ९ महिनाअघि अर्थात् २०८१ वैशाख २४ मा ६८३ रुपैयाँ प्रतिकित्ता रहेको सीएचडिसीको सेयर मूल्य फागुन ५ गते सोमबार २१९४ रुपैयाँ प्रतिकित्ता कायम छ। ९ महिनामै सीएचडिसीको सेयर मूल्य झन्डै चार गुणाले बढ्दै लगानी समूहको सबैभन्दा महँगो कम्पनी बनेको हो।
एक वर्षअघि अर्थात् २०८० माघ २९ मा भने यस कम्पनीको सेयर मूल्य ९९६ रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो। त्यसबाट उकालो लाग्दै ०८१ भदौ २४ मा सीएचडिसीको सेयर मूल्य २३७० रुपैयाँ प्रतिकित्ता सम्म पुग्यो। यद्यपि, सो उच्च मूल्य लामो समय टिक्न सकेन। लगातार जसो घट्दै ०८१ पुस ८ मा सीएचडिसीको मूल्य १५७० रुपैयाँसम्म खुम्चिएर फेरि उकालो लाग्दै हालको स्थितिमा पुगेको थियो।
फागुन ४ मा यस कम्पनीको सेयर मूल्य २२८२ रुपैयाँसम्म पुगे पनि सोमबार १.३५ प्रतिशतले घट्दै २१९४ रुपैयाँमा सीमित भएको हो। हुन त, सीएचडिसीको २०८१ भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० र २०८०/०८१ को नाफाबाट ११ प्रतिशत बोनस सेयर दिएको थियो। त्यसअघि, आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ११ प्रतिशत बोनस सेयर दिएको थियो।
तर, यस पटक दुई वर्षको एकैपटक बोनस दिने घोषणासँगै कम्पनीले ५४.५ प्रतिशत हकप्रद सेयर प्रस्ताव अघि बढाउने निर्णयसमेत गरेको थियो। कम्पनीले बोनस पछि कायम हुने १ अर्ब १ करोड ४२ लाख ३७ हजार रुपैयाँको ५४.५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो। यद्यपि, बोर्डबाट कम्पनीको हकप्रद प्रस्ताव स्वीकृत भएको छैन।
तर, हकप्रद जारी गर्नु भनेको कम्पनीले आफ्नो पुँजी बढाउनका लागि सर्वसाधारणबाट रकम उठाउनु हो। कुनै कम्पनी कमजोर भएमा वा आफै पुँजी वृद्धि गर्न नसक्ने भएमा पुँजी वृद्धि गर्नका लागि हकप्रद सेयर जारी गरिन्छ।
यदि, स्वीकृत भएमा कम्पनीले ५६ करोड ३६ लाख ५९ हजार १ सय ९८ रुपैयाँको ५६ लाख ३६ हजार ५ सय ९१ दशमलव ९८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ। कम्पनीले ठूलो मात्रामा हकप्रद सेयर निष्कासनको प्रस्ताव राखेपछि खासगरी यसतर्फ लगानीकर्ता बढी झुम्मिएको देखिन्छ। तर, हकप्रद जारी गर्नु भनेको कम्पनीले आफ्नो पुँजी बढाउनका लागि सर्वसाधारणबाट रकम उठाउनु हो। कुनै कम्पनी कमजोर भएमा वा आफै पुँजी वृद्धि गर्न नसक्ने भएमा पुँजी वृद्धि गर्नका लागि हकप्रद सेयर जारी गरिन्छ।
यसर्थ, हकप्रद जारी गर्ने कम्पनीतर्फ लगानीकर्ता आकर्षित नहुनुपर्ने हो। यद्यपि, नेपालको सन्दर्भमा भने बुझाइको कमिका कारण यसको ठिक उल्टो हुने गरेको सेयर लगानीकर्ता देव गुरागाईं बताउँछन्। ‘कुनै कम्पनीले हकप्रद जारी गर्नु लगानीकर्ता आकर्षित हुने कारण होइन। हकप्रद जारी गर्ने भनेको पुँजी बढाउने पैसा नपुगेर अन्यबाट उठकाउने काम हो। यस्तो काम धर्मराएको कम्पनीले विशेषगरी गर्छन्,’ गुरागाईं भन्छन्, ‘तर, हाम्रो बजारमा बुझाईको कमिले यस्तै कम्पनीतर्फ मानिस झुम्मिएको देखिन्छ।’
उनले बजारमा कुनै कम्पनीले हकप्रद जारी गर्दैछ भन्ने हल्ला चलाएर सेयर मूल्य बढाउने काम हुने गरेको र लगानीकर्ता पनि त्यसको पछाडि लाग्ने गरेको बताए। उनकाअनुसार हकप्रदमा लगानीकर्ता उचालिनु पर्ने कारण हुँदैन किनभने, हकप्रदपछि सेयरको आपूर्ति बढ्छ जसले कम्पनीको मूल्य झन् घट्ने सम्भावना हुन्छ। यस्तै,सेयर संख्या बढेपछि प्रतिसेयर आम्दानी घटेर जान्छ भने लाभांश दिन सक्ने क्षमता सोअनुसार बढ्न सक्दैन।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी पनि कमजोर र केही गर्न नसक्ने कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने गरेको बताउँछन्। ‘कम्पनीले राम्रो पर्फमेन्स गरेर लगानीकर्तालाई प्रतिफल दिनुपर्ने हो। तर, केही गर्न नसकी हकप्रद सेयर निष्कासनको विकल्पमा लाग्ने गरेको देखिन्छ,’ अध्यक्ष जिसी भन्छन्, ‘हकप्रद जारी गर्दा कम्पनीले प्रिमियम खान पाउने भएकाले पनि यो प्रवृत्ति बढेको हो।’ उनले हकप्रद निष्कासनको नाममा सेयर खरिदबिक्रीसमेत अस्वस्थ हुने गरेको बताए।
कप्रदमा लगानीकर्ता उचालिनु पर्ने कारण हुँदैन किनभने, हकप्रदपछि सेयरको आपूर्ति बढ्छ जसले कम्पनीको मूल्य झन् घट्ने सम्भावना हुन्छ। यस्तै,सेयर संख्या बढेपछि प्रतिसेयर आम्दानी घटेर जान्छ भने लाभांश दिन सक्ने क्षमता सोअनुसार बढ्न सक्दैन।
लगानीकर्ताका अनुसार सीएचडिसीको हकमा हकप्रद सेयरप्रतिको बुझाई उल्टो भएका कारण नै कम्पनीको सेयर मूल्य उच्च मात्रामा उकालो लागेको देखिन्छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार माघ ५ मा सीएचडिसीको सेयर मूल्य २१९४ रुपैयाँ प्रतिकित्ता हुँदा लगानी समूहकै इमर्जिङ नेपालको १२२९, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको २७०, नेपाल इन्फ्राटक्चर बैंकको २७९ रुपैयाँ छ। यस्तै, सिटीजन इन्भेस्टमेन्ट ट्रस्टको सेयर मूल्य १९६७, हाथवे इन्भेस्टमेन्टको १४५९ र एनआरएन इन्फ्राटक्चरको १४४० रुपैयाँ प्रतिकित्ता छ।
लगानी समूहकै महँगो मूल्य भएको सीएचडीसीको नाम पहिला सिईडीबि हाइड्रोपावर थियो। तर, २०८१ असोज २१ मा सम्पन्न आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक साधारणसभाबाट नाम परिवर्तन गरी सिईडिबि होल्डिङ्स राख्ने निर्णय गरेको थियो। जसलाई कम्पनी रजिष्ट्रारको कार्यालयले २०८१ कात्तिक २० मा स्वीकृति दिएको थियो। सीईडीबी होल्डिङ्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २० करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। पुससम्म कम्पनीले सेवाशुल्क, ब्याज तथा अन्य आम्दानी गरी कुल २३ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको यस्तो आम्दानी ७ करोड ९ लाख रुपैयाँ थियो। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४०.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.२१ गुणा र प्रतिशेयर नेटवर्थ १५८.०६ रुपैयाँ छ।