भारतिय बजारमा सर्वाधिक रुचाइएको किया सेल्टोस नेपाली बजारमा गत पुस ४ गते भब्य रुपमा प्रवेश पायो । नेपालमा किया गाडीको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालीले नेपाली बजारमा सार्वजनिक गरेको थियो ।
स्टाइलिस लुक्स नयाँ प्रविधि र गुणस्तर नै सेल्टोसको मुख्य बिशेषता हो । भारतको आन्द्र प्रदेशमा रहेको प्लान्टबाट सेल्टोस वार्षिक ३ लाख यूनिट उत्पादन हुने कम्पनीले जनाएको छ । भारतमा २०२२ सम्ममा हरेक ६ महिनामा एउटा नयाँ कार सार्वजनिक गर्ने नीति नै कम्पनीले बनाएको जनाएको छ । कियाको नयाँ एसयूभी सेल्टोसले टाटा ह्यारियर, हुन्डाई क्रेटा, जीप कम्पाससँग प्रतिस्पर्धा गर्ने अनुमान छ ।
कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टास उत्पादन थालेको हो । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको ब्रान्डको कार बन्न पुगेको थियो । किया सेल्टोस कार विभिन्न ६ भेरिएन्टमा नेपाली बजारमा उपल्ब्ध हुने भएको छ । चार ओटा पेट्रोल र दुई ओटा डिजेल भेरिएन्टका सेल्टोस कार नेपाली बजारमा बिक्रि गर्ने तयारी रहेको कम्पनीको भनाई छ ।
कम्पनीका मार्केटिङ् म्यानेजर बिवेक लेकालले सेल्टोस स्टाइलिस र गुणस्तरको हिसाबले अगाडी रहेकाले नेपाली यूवा पुस्ताले रुचाउने बताए । उनका अुसार गाडीको बाहिरी र भित्रि पार्ट आकर्षक छ । सेल्टोसको भित्रिभाग अन्य गाडीको तुलनामा फरक रहेकाले आकर्षण बढी छ । कम्पनीले हालसम्म सेल्टोस ३५ ओटा बिक्रि गरिसकेको छ भने २ सय ओटा बुकिङ् भइसकेको छ ।
यस्तो छ फिचर
सेल्टोसको बाहिरी भाग निकै आकर्षक छ । पाँच सिटे गाडीको ब्रेकिङ हर्स पावर क्षमता १ सय ३८ रहेको छ । म्यानुअल र अटोमेटीक ट्रान्समिसनयुक्त गाडीमा प्रतिलिटर २०.८ किलोमिटर माइलेज क्षमता भएको यो गाडी पेट्रोलमा दुई अप्सन १.५ लिटर टेक लाइन र १.४ लिटर टर्बाे चाज्र्ड पेट्रोल इन्जिन तथा डिजेलमा १.५ लिटर टर्बो चाज्र्ड अप्सनमा बजारमा आएको छ । यसमा भएको १.४ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिनले १३८ एचपी पावर र २४२ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी १.५ लिटर पेट्रोल इन्जिनले ११३ एचपी पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ । १.५ लिटर डिजेल इन्जिनले ११३ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । किया एसयूभीलाई नर्मल, इको र स्पोर्ट गरी तीन मोडमा चलाउन सकिन्छ । सेल्टोसमा १० इन्चको स्क्रिन, बिओएसई म्यूजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेङि, युभी ग्यास जस्ता विशेषता छन् ।यो सेग्मेटका अन्य ब्राण्डमा यस्तो विशेषता नभएको कम्पनीको जिकिर छ ।
कम्पनीका अनुसार गाडीको इन्टेरियरमा पूर्ण कालो रङ समावेश गरिएको छ। बोल्ड डिजाइनयुक्त गाडीमा एलइडी हेडल्याम्प, डेटाइम रनिङ लाइट, टेल लाइट, एलइडी फग ल्याम्प, १७ इन्चको अलोइ व्हिल लगायत जडान गरिए छ। मनोरञ्जनका लागि गाडीमा १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ। ग्राहकले एप्पल कारप्ले, एण्ड्रोइड अटो, मुड लाइटिङ सहितको आठ वटा बोस स्पिकर, एम्वियन्ट लाइटिङ र वायरलेस फोन चार्जिङको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार गाडीमा एसी कन्ट्रोल सहितको रिमोट इन्जिन स्टार्ट, एमर्जेन्सी एसिस्टेन्स, नेभिगेशन, टायर प्रेसर मोनिटरीङ सिस्टम लगायत विभिन्न विशेषता छन । नर्मल, इको र स्पोर्ट लगायत तीनवटा ड्राइभिङ मोडयुक्त गाडी हिलो र हिउँ भएको सडकमा पनि सहजै गुड्न सक्ने कम्पनीको दाबी रहेको छ ।
मुल्य
किया मिड–एसयुभी सेल्टोस मुल्य ४९ लाख ९० हजार देखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्टका गाडी नेपाली बजारमा उपलब्ध गराउने कम्पनीको दाबी छ। सुरक्षाका लागि यसमा ६ वटा एयर ब्याग, ईबीडी सहितको एबीएस, ईएससी, एचएसी, भीएसएम छन् । यो एड्भान्स्ड हाई स्ट्रेन्थ स्टिलले बनेको छ । त्यसैगरी यसमा फ्रन्ट र रियर पार्किङ सेन्सर र ब्लाइन्ड भ्यु मिरर छ । हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ सँग यसलाई प्रतिस्पर्धा मोडलका रुप लिन सकिन्छ ।