काठमाडौं। नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पिड फेष्ट २०२५ शनिबार एलिस रिसेप्सन बालुवाटारमा भव्य रूपमा सम्पन्न भएको छ। मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्राण्ड बाइक र्याली, टेष्ट राइड सेसन, नेपालका चर्चित ब्याण्ड द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुतिलगायत विभिन्न रोमाञ्चक कार्यक्रम समावेश थिए।
उक्त फेष्टमा बजाजको एन २५० मोडल लञ्च गरिएको थियो। जसले इभेन्टमा थप आकर्षण थपेको थियो। त्यसैगरी यस वर्षको स्पिड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनीद्वारा वितरित बजाज, केटिएम डुक र ट्रायम्फ ब्राण्डका मोटरसाइकलको विशेष सहभागिता रहेको थियो।
बजाज एन २५० को भव्य लञ्च स्पिड फेष्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको थियो। यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ।
बजाज एन २५० मा २४.५ पिएस पावर दिने २४९ सीसी सिंगल-सिलिन्डर, फ्युल-इन्जेक्टेड, आयल-कुल्ड इन्जिन समावेश गरिएको छ। यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ। जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँछ।
बजाज एन २५० को लञ्चले बाइक प्रेमीलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको थियो। स्पिड फेष्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवर्द्धन गर्न सफल भएको आयोजकले बताएका छन्। हंसराज हुलासचन्द एण्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइकप्रेमीका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्ट ल्याउने प्रतिबद्धता जनाएको छ।