काठमाडौं। सेयर बजारका लागि अहिले अधिकांश सूचकहरु सकारात्मक छन्। न्यून बिन्दुमा रहेको बैंकको ब्याजदरले अझै पनि निरन्तरता पाइरहेको छ।
हालै मात्र पनि फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले माघ महिनाकै मुद्दति निक्षेप ब्याजदरलाई निरन्तरता दिएका छन्। ग्लोबल आइएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउनु र लक्ष्मी सनराइजले ०.२५ प्रतिशत बिन्दुले घटाउनु बाहेक १८ बैंकको ब्याजदर माघ महिनाकै यथावत् छ।
बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ। ब्याजदर न्यून बिन्दुमा रहेकाले सेयर धितो कर्जा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक वित्तीय संस्थाले १ खर्ब १३ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ३४.९८ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा बैंक वित्तीय संस्थाहरुले ८४ अर्ब २९ करोड मात्रै सेयर धितो कर्जा प्रवाह गरेका थिए।
मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७ अर्ब सेयर धितो कर्जा प्रवाह गरेकोमा पुसमसान्तसम्म आउँदा ५ अर्ब ८३ करोडले बढेर १ खर्ब १३ अर्ब पुगेको हो। पछिल्लो पटक बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह केही सकारात्मक बन्दै गए पनि बजारमा तरलता अझै पर्याप्त छ। ब्याजदर घट्दा कर्जा लिनेलाई राहत मिल्ने भनिए पनि कर्जा प्रवाह हुन नसक्दा केन्द्रीय बैंकले बैंकिङ प्रणालीमार्फत् रकम खिच्ने कार्य जारी छ।
बजारमा सूचीकृत अधिकांश कम्पनीले आफ्ना लगानीकर्तालाई प्रदान गर्ने लाभांश घोषणा गरिसकेका छन्। पुँजी बजारको नियामकको रुपमा रहेको नेपाल धितोपत्र बोर्डले लामो समयदेखि रोकिएर बसेको साधारण सार्वजनिक निष्कासन (आईपिओ) अनुमति प्रदान गरिरहेको छ। मौद्रिक नीति समिक्षाको चर्चा आउँदै गर्दा पनि सेयर धितो कर्जामा लगाइएको व्यक्तिगततर्फको १५ करोड सीमा खारेज गर्नुपर्ने र कर्जामा लगाइएको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाई सबै सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरिदिनुपर्ने विषय मात्रै मुख्य ढंगमा उठाइएका छन्।
समग्रमा बजारलाई अहिलेको माहोल निकै सकारात्मक देखिन्छ। तर, बजार भने उकालो लाग्न सकेको छैन। गत साता मात्रै पनि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१ अंकले खुम्चियो।
केही समय अघि सत्ता समिकरण फेरबदल हुन्छ भन्दै चलाइएका अफवाह असत्य सावित भइसकेको छ। समग्रमा बजारलाई अहिलेको माहोल निकै सकारात्मक देखिन्छ। तर, बजार भने उकालो लाग्न सकेको छैन। गत साता मात्रै पनि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१ अंकले खुम्चियो। माघ २४ गते बिहीबार २६९९.८१ बिन्दुमा रहेको सेयर बजार गत साताको पाँच कारोबारबाट २१ अंकले घट्दै फागुन १ मा २६७८.४७ बिन्दुमा रोकिएको छ। अघिल्लो साता पनि नेप्से ४२ अंकले घटेको थियो।
माघ १६ गते २६५७.७७ बिन्दुमा रहेको नेप्से ४२ अंकले घटेर माघ २४ गते बिहीबार २६९९.८१ बिन्दुमा रोकिएको थियो। गत साताको पाँच कारोबार दिनमा नेप्सेमा कुल ३८ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो साता भने नेप्सेमा कुल ५१ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। कुनै दिन कारोबार र नेप्सेमा ठूलो सुधार आउने तर, त्यो वृद्धि नटिक्ने प्रवृत्ति बजारमा देखिन्छ। खासगरी, लगानीकर्ताको लगानी तथा कारोबार प्रवृत्तिका कारण पनि नेप्से एउटै बिन्दु वरीपरी घुमिरहेको देखिन्छ।
सेयर लगानीकर्ता केशव कोइराला कमजोर कम्पनी केही दिनका लागि मात्रै चल्ने र बलिया कम्पनी नचल्ने प्रवृत्तिका कारण सूचक उकालो लाग्न नसकेको बताउँछन्। ‘बजार घटबढ हुनु सामान्य हो। तर, सुन बिक्न छोडेर सुनको जलप लगाएका कम्पनी मात्रै महँगो महँगो मूल्यमा बिक्री हुन थाले। वास्तवमा भन्नुपर्दा, बजार खत्तम भएको छ,’ कोइरालाले भने। कोइरालाले भने जस्तै बजारमा अहिले कमजोर कम्पनीहरु उचालेर माथि पुर्याईंन्छ र तत्कालै घटाइन्छ। विभिन्न क्षेत्रका कम्पनीलाई प्रयोग गर्दै यो खेल खेल्नेक्रम जारी छ।
बढी जोखिमयुक्त कम्पनीको सेयर खरिद गर्ने र आत्तिएर बिक्री गरिहाल्ने गरिँदा बजार दिगो बन्न सकेको छैन। बजारमा ठूलो हिस्सा रहेको यो युवा जमात अहिले पनि ट्रेडबाहेक अन्य विषय (बोनस, लाभांस, नाफा नोक्सान)मासरोकार नराख्ने किसिमको छ।
दैनिक ३० अर्ब सम्मको कारोबार हुने गरेको हाल औषत ८/९ अर्बको मात्रै कारोबार भइरहेको छ। यद्यपि, केही लगानीकर्ताले भने बजारले अलटाइम हाईको रकेर्ड ब्रेक गर्ने चर्चा गरिरहेका छन्।
आजका दिनमा जुन कम्पनीको वित्तीय विवरण खराब आएको छ, त्यही कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगाएर उठाउने काम गरिन्छ। राम्रो वित्तीय विवरण भएको र प्रतिफल दिने कम्पनीको मूल्य झनै घटेर जाने स्थिति बनेको छ जुन ट्रेडरहरूका कारणले भएको लगानीकर्ता बताउँछन्।
बजारप्रति अझै पनि लगानीकर्तामा कन्फिडेन्ट बढेको देखिँदैन। बजारप्रति लगानीकर्ताको भरोसा बढेमा र हालको लगानी प्याटर्नमा परिवर्तन भएमा मात्रै सूचक बलियो बन्ने हो। अहिले बजार प्यानिक स्थितिमा देखिन्छ। हालसम्मकै उच्च बिन्दुबाट पनि नेप्से परिसूचक ५०० अंकले मुनि छ।
दैनिक ३० अर्ब सम्मको कारोबार हुने गरेको हाल औषत ८/९ अर्बको मात्रै कारोबार भइरहेको छ। यद्यपि, केही लगानीकर्ताले भने बजारले अलटाइम हाईको रकेर्ड ब्रेक गर्ने चर्चा गरिरहेका छन्। कतिपयले गभर्नर महाप्रसाद अधिकारी बहिगर्मनको पर्खाइमा बजार रहेको तर्क पनि गर्न छाडेका छैनन्।
गत साता सूचकमा गिरावट आउँदा पनि फाइनान्स समूहमा सबैभन्दा धेरै २.६८ प्रतिशतको सुधार आयो। अघिल्लो साता पनि फाइनान्स समूह सबैभन्दा धेरै ५.७ प्रतिशत बढेको थियो। फाइनान्सपछि गत साता विकास बैंक समूह १.१५ प्रतिशतले बढ्यो। सबैभन्दा बढी संकुचित बनेको उत्पादन समूहमा भने २.६६ प्रतिशतको गिरावट आयो। बैंकिङ समूहमा १.०३ प्रतिशत, होटल तथा पर्यटन समूहमा २.१० प्रतिशत, जीवन बिमा समूहमा १.१३ प्रतिशत, निर्जीवन बिमा समूहमा १.९२ प्रतिशत र जलविद्युत् समूहमा ०.६५ प्रतिशतको गिरावट आयो।