काठमाडौं। लिजेण्ड प्रोपर्टीले जग्गा विकास आयोजना स्थलमै लगेर हिमालयन बैंकसँग अन्तरक्रिया गरेको छ। आफ्ना ग्राहकले जग्गा खरिद गर्दा दिने ऋण सहिठाउँमा सदुपयोग हुन्छ वा हुँदैन र कतै समस्या हुन्छ कि भन्ने दोधारमा बैंकहरु रहिरहेको बेला लिजेण्डले हिमालयन बैंकलाई फिल्डमै लगेर अन्तक्रिया गराएको हो।
लिजेण्डले भक्तपुरको सिपाडोलमा तयार पारेको भाइरल जग्गा विकास आयोजनामा बैंकका उच्च व्यवस्थापकहरुलाई लगेर स्थलगत निरिक्षण गराउनुका साथै अन्तरक्रिया समेत गराएको हो। हिमालयन बैंकले लिजेण्ड प्रोपर्टीका आयोजनाहरुमा सहज र सरल रुपमा ऋण दिने सम्झौता यस अघिनै गरिसकेको हुँनाले स्थलगत निरिक्षणमा समेत बैंक निस्किएको बताइन्छ।
![a4fc8829-9d92-493d-a4c8-b5df3c17092f-1739546124.jpg](https://www.capitalnepal.com/uploads/posts/a4fc8829-9d92-493d-a4c8-b5df3c17092f-1739546124.jpg)
जग्गा खरिदका लागि आवश्यक ऋण प्रदान गर्ने बैंकहरुलाई ढुक्कसँग लगानी गर्ने वातावरण सिर्जना होस भन्ने उद्धेश्यका साथ फिल्डभिजिट गराएको लिजेण्ड प्रोपर्टीका उपाध्यक्ष पुर्णबहादुर लिम्बुले बताए। उनले जग्गा विकास आयोजना बनाउदा भोगेको समस्या र जग्गा विकास भएपछि पाएको स्थानीयको साथको बारेमा समेत चर्चा गरेका थिए।
![20bf6d0c-f72a-41b9-9d81-1f71d48e8798-1739546209.jpg](https://www.capitalnepal.com/uploads/posts/20bf6d0c-f72a-41b9-9d81-1f71d48e8798-1739546209.jpg)
पूर्ण रुपमा सरकारी मापदण्ड पूरा गरेर घर निर्माणपूर्व तयार पार्नुपर्ने सम्पूर्ण संरचनासहितको जग्गा तयार पारिएकोले ग्राहकलाई सहज र सरल तरिकाले ऋण उपलब्ध गराउन बैंकलाई लिजेण्ड प्रोपर्टीका प्रबन्ध निर्देशक रविन राईले अनुरोध गरेका थिए। लिजेण्डले जग्गासँगै घर निर्माणका लागि जापानीज प्रविधि भित्र्याउने विषयमा सम्झौता गरिसकेकोले अव जग्गासँगै घर समेत निर्माण गर्ने तयारी गरिरहेको जानकारी उनले दिए। छिटो र छरितो तरिकाले निर्माण हुने घर नेपाली प्रविधिभन्दा पृथक रहेको बताउदै बैंकलाई यस्ता परियोजनामा सहज तरिकारले ऋण उपलब्ध गराइदिन समेत उनले आग्रह गरे।
![12344c32-749f-47d9-b09f-a3b3978dad08-1739546097.jpg](https://www.capitalnepal.com/uploads/posts/12344c32-749f-47d9-b09f-a3b3978dad08-1739546097.jpg)
बैंकका तर्फबाट बोल्दै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र विक्रम शाहले लिजेण्डको आयोजनाहरु निकै राम्रो रहेकोले जग्गा खरिद गर्नेहरुलाई सहज रुपमा ऋण दिने प्रतिबद्धता जनाए। काठमाडौं उपत्यका भित्र मात्र हैन बाहिर रहेका जग्गा आयोजनामा समेत हिमालयन बैंकले ग्राहकलाई सहज रुपमा ऋण दिन लिजेण्ड प्रोपर्टीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।
हिमालयन बैंक बागमति प्रदेशका प्रमुख शंकर जोशीले धेरै राम्रो काम गरेको सुनेको र आयोजनामा आफै आउदा झनै खुसी लागेको बताए। लिजेण्ड प्रोपर्टीलाई पूर्ण रुपमा सहयोग गर्न बैंक तयार रहेको उनले बताए। अन्तरक्रियामा बैंकको तर्फबाट विभिन्न १० शाखाका प्रमुखसहितका प्रतिनिधि र लिजेण्डका प्रोपर्टीका तर्फबाट सम्पूर्ण कर्मचारीहरु, प्राविधिकहरुहरुको उपस्थीति रहेको थियो।![334610d7-879d-40cf-99a2-eaf2f1dfa098-1739546107.jpg](https://www.capitalnepal.com/uploads/posts/334610d7-879d-40cf-99a2-eaf2f1dfa098-1739546107.jpg)
लिजेण्ड प्रोपर्टी आफ्ना आयोजनाहरु नेपाल सरकारको नीति नियम र मापदण्डहरुलाई पूरा गरी जग्गा विकास आयोजनाहरु निर्माण गर्दै खरिद बिक्री गर्दै आएको छ। यसअन्तर्गत ६ वटा जग्गा विकास आयोजना सञ्चालनमा छन।
काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा रहेका छन।
![727db304-916b-4fe1-bf9c-25ef0e7c724d-1739546279.jpg](https://www.capitalnepal.com/uploads/posts/727db304-916b-4fe1-bf9c-25ef0e7c724d-1739546279.jpg)