काठमाडौं। होण्डा र सुजुकी दुवै जापानीज ब्राण्डका दुई पांग्रे सवारी साधन हुन्। यी दुई ब्राण्डले दुई पांग्रे विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा प्रवेश गरेका छन्।
आईसी इन्धन दुई पांग्रे सवारीसाधन मात्र उत्पादन गर्दै आएका यी ब्राण्डले पहिलो पटक ईभी स्कुटर उत्पादन गरेका हुन्। केही समयअगाडि भारतको नयाँ दिल्लीमा सञ्चालन भएको भारत मोबिलिटी ग्लोबल अटो एक्स्पोमा यी दुवै ब्राण्डले ईभी स्कुटर सार्वजनिक गरेका हुन्।
होण्डा मोटर्सले आफ्नो पहिलो ईभीको रुपमा एक्टिभा ई सार्वजनिक गरेको छ भने सुजुकीले पहिलो ईभीको रुपमा ई-एक्सेस सार्वजनिक गरेको छ। बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएका यी ब्राण्डले आकर्षक र उत्कृष्ट फिचरसहितको ईभी सार्वजनिक गरेका छन्।
ब्याट्री तथा मोटर पावर
होण्डा एक्टिभा ई मा १.५ किलोवाट क्षमताको दुई रिमुभबिएल ब्याट्री प्याक दिइएको छ। होण्डा एक्टिाभा ईभीलाई घरमा चार्ज गर्न सकिन्। यसमा ६ किलोवाटको मोटर जडान गरिएको छ। होण्डा एक्टिभा ईमा ३ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी दिएको छ।
सुजुकी ई-एक्सेसमा ४.१ किलोवाटको मोटर र ३.०७ किलोवाट आवरको एलएफपी फिक्स्ड ब्याट्रीप्याक दिइएको छ। जसले म्याक्सिमम १५ एनएम टर्क जेनेरेट गर्दछ।
रेञ्ज
होण्डा एक्टिभा ईले एक पटकको फुल चार्जमा १०२ किलोमिटर रेञ्ज दिने कम्पनीले दाबी गरेको छ। सुजुकी ई-एक्सेसले एक पटकको फुल चार्जमा ९५ किलोमिटर रेञ्ज दिने कम्पनीले दाबी गरेको छ।
चार्जिङ समय
सुजुकी ई-एक्सेस स्कुटरको टप स्पीड ७१ किलोमिटर प्रतिघण्टा रहेको छ। यो ब्याट्री पोर्टेबल चार्जरबाट ६.४२ घण्टामा र फास्ट चार्जरबाट २.२ घण्टामा ०–१०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसमा भएको ब्याट्रीमा होम चार्जिङ र पोर्टेबल चार्जरको विकल्प उपलब्ध छ।
होण्डा एक्टिभा ईको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा रहेको छ। होण्डा एक्टिभा ईमा दुई वटा परिवर्तन गर्न मिल्ने ब्याट्री प्याक दिइएको छ। यो स्कुटर घरमा चार्ज गर्ने सुविधा भने यसमा आउँदैन।
फिचर
सुजुकी ई एक्सेस इलेक्ट्रिक स्कुटरमा कम्पनीले धेरै उत्कृष्ट फिचर्स दिएको छ। यसमा ब्लुटुथ जडान भएको टिएफटी ड्यासबोर्ड, सुजुकी राइड जडान एप, रंगीन टिएफटी एलसीडि स्क्रिन, स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन, रियल टाइम ट्राफिक अपडेट, की फोब, मल्टी फंक्शन स्टार्टर स्विच, इको, राइड ए, राइड बी, र ड्राइभिङका लागि रिभर्स मोडलगायत धेरै सुविधा छन्।
होण्डा एक्टिभा ई मा तीन राइड मोड उपलब्ध छ। यसमा भएको स्लीक एलईडी डिआरएलएस यसलाई मैत्रीपूर्ण आधुनिक रूप दिएको छ। स्कुटरले एप्रोनमा एकीकृत हेडलाइट साथै एलईडी र एक स्टाइलिश टेल ल्याम्पसहित सबै एलईडीलगायतका फिचर यसमा छन्।
यसमा कम्पनीले ७ इन्चको स्क्रिन होन्डा रोड सिंग डुओ एप दिएको छ। जसलाई ओटीय अपडेट, कल सेवाका लागि प्रयोग गर्न सकिन्छ। यसबाहेक यसमा ठूलो सिट, स्मार्ट कि, युएसबी सी र हुक, स्मार्ट कनेक्टिभिटी, इनबिल्ट जीपीआरएस, डे एण्ड नाइट मोड, नेभिगेसन जस्ता सुविधा दिएको छ।