प्रयागराज। भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेला धार्मिक हिसाबले जति महत्व छ। त्यसभन्दा कयौं गुणा बढी आर्थिक पाटोबाट लाभादायक बन्दै गइरहेको छ।
संसारकै सबैभन्दा ठूलो मेलाको रुपमा स्थापित महाकुम्भले उत्तर प्रदेशको मात्रै होइन्, समग्र भारतकै अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने आँकलन भइरहेको छ।
तिर्थालुलाई कुम्भ लैजाने र घुमाउनका लागि लाखौँको संख्यामा सवारी चालक खटिएका छन्। सानादेखि ठूला होटल भरिभराउ छन्। बस्ने ठाउँ छैन। कुम्भमा स्नान गर्न पुगेका भक्तजन टेन्टमा बस्न बाध्य छन्।
यो हिसाबले कुम्भ मेला अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेको छ। १४४ वर्षमा लागेको कुम्भमा नुहाउन हरेक दिन औसतमा १ करोडमाथि तिर्थालु पुगेका छन्।
![India-Dham-(2)-1739530329.jpg](https://www.capitalnepal.com/uploads/posts/India-Dham-(2)-1739530329.jpg)
आयोजकका अनुसार महाकुम्भभरि करिब ५० करोड व्यक्तिले गंगामा स्नान गर्ने अनुमान गरिएको छ। त्यसमध्ये हालसम्म ४२ करोड जनाले गंगाको स्पर्स गरिसकेको तथ्यांक छ।
सरकारले फराकिलो बाटो बनाएको छ। सरकारी तथ्यांकअनुसार विगत ६ वर्षदेखि महाकुम्भ मेलाको तयारी गरेको थियो।
महाकुम्भले त्यहाँको अर्थतन्त्र नै ‘भाइब्रेन्ट’ बनाइदिएको छ। स्थानीय उत्पादनको मुख्य बजार कुम्भ मेला बन्न पुगेका छ। किसानको आफ्ना उत्पादनको प्रदर्शनी गर्ने थलो मात्रै नभई बजारीकरणको प्रमुख केन्द्र बनेको छ- कुम्भ मेला।
एकैपटक लाखौँलाई रोजगारी सृजना भएको छ। लगानीका नयाँ-नयाँ अवसरको ढोका खुलेको छ। कुम्भ मेलालाईं भनेर अर्बौं लगानी भित्रिएको छ। २६ वर्षपछि प्रयागराज एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान भएको छ। त्यसको प्रमुख कारण कुम्भ मेला हो।
प्रयागराज विमानस्थलदेखि महाकुम्भ मेलासम्म हजारौँ होटल खुलेका छन्। सरकारले फराकिलो बाटो बनाएको छ। सरकारी तथ्यांकअनुसार विगत ६ वर्षदेखि महाकुम्भ मेलाको तयारी गरेको थियो। यो समयमा सरकारले खर्बौं रकम लगानी गरेको थियो। त्यति मात्रै होइन्, लोभलाल्दो पूर्वाधारसमेत निर्माण गरेको छ। जुन, पर्यटन क्षेत्र विकासका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।
![India-Dham-(1)-1739530328.jpg](https://www.capitalnepal.com/uploads/posts/India-Dham-(1)-1739530328.jpg)
महाकुम्भ मेलाले राष्ट्रिय र प्रादेशिक अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ। १४४ वर्षपछि भएको धार्मिक मेलाले लाखौँ तीर्थयात्री र पर्यटकलाई आकर्षित गरिरहेको छ। यसले स्थानीय अर्थतन्त्रमा निम्न क्षेत्रहरूमा सकारात्मक प्रभाव पार्छः
१) पर्यटन र रोजगारीका अवसर
क) होटल, रेस्टुरेन्ट र यातायात सेवामा वृद्धि
ख) टेन्ट र आवास बुकिङमा उल्लेखनीय माग
ग) हवाई, रेल र सडक यातायातको आम्दानी बढोत्तरी
घ) सुरक्षा, निर्माण, स्वास्थ्य सेवा र कार्यक्रम व्यवस्थापनमा रोजगारीका अवसर
२) स्थानीय व्यापार र समुदायमा प्रभाव
क) साना व्यवसायी र कलाकारहरूलाई आफ्ना उत्पादन बेच्ने सुनौलो अवसर
ख) खाद्य पदार्थ, धार्मिक सामग्री, कपडा र सौगातका सामानको बिक्रीमा वृद्धि
ग) स्थानीय हस्तकला, कला र खानाको बजार विस्तार
३) पूर्वाधार विकास र राजस्व
क) सडक, स्वास्थ्य सुविधा, सरसफाई, विद्युत र खानेपानी प्रणालीमा सुधार
ख) पार्किङ, टिकट र स्टल भाडाबाट सरकारी राजस्वमा वृद्धि
ग) अन्तर्राष्ट्रिय पर्यटकहरूबाट मनग्य विदेशी मुद्रा आर्जन
यसका साथै महाकुम्भले भारतको सांस्कृतिक र धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको छ। यसले भारतको सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै पर्यटक गन्तव्यको रूपमा आकर्षक बनाउँछ। विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्ने प्रवल सम्भावना छ।
![India-Dham-(5)-1739530328.jpg](https://www.capitalnepal.com/uploads/posts/India-Dham-(5)-1739530328.jpg)
प्रयागराजमा ४५ दिनसम्म चल्ने महाकुम्भ मेला आध्यात्मिक महत्वको पाटोबाट मात्र नभई यसले पार्ने आर्थिक प्रभाव अतुलनीय छ। आयोजकले ४० करोड तीर्थयात्री आउने गरेको अपेक्षा नाघिसकेको छ। नयाँ प्रक्षेपण अनुसार ५० करोड मानिस प्रयाग आउने आँकलन छ। त्यहाँ सहभागी हुने स्थानीय उत्पादनको खपतलाई बढावा दिनुका साथै उपभोग्य वस्तु र सेवामा सकारात्मक प्रभाव पार्ने देखिन्छ।
महाकुम्भ मेलाको बजेट लगभग १२ हजार ६७० करोड रुपैयाँ हो। यसले आध्यात्मिक उन्नति मात्र होइन, स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई नयाँ उचाईमा पुर्याउन महत्वपूर्ण योगदान गर्छ।
मेलामा ५० करोडले अवलोकन गरे र प्रतिव्यक्ति १० हजार रुपैयाँ मात्रै खर्च गरे भने ५० खर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान लगाउन सकिन्छ। यो भनेको नेपालको अर्थतन्त्र बराबर हो।
आयोजकको दाबीअनुसार आगन्तुकले करिब २ लाख करोड रुपैयाँ खर्च गर्ने छन्। यदि, दाबीअनुसार खर्च भएको अवस्थामा भारतको राष्ट्रिय अर्थतन्त्रमै उलटफेर ल्याउने सम्भावना देखिन्छ।
कुम्भ मेलाबाट आर्थिक लाभ लिनका लागि भारतीय सरकारले मेलाको ब्रान्डिङमा ३ हजार ६०० करोड रुपैयाँ खर्च गरेको छ। त्यसका अलवा पूर्वाधार निर्माणमा पनि व्यापक खर्च गरेको छ।
मेलाबाट उत्तर प्रदेश सरकारले मात्रै २५ हजार करोड रुपैयाँ राजस्व प्राप्त गर्ने अपेक्षा गरिएको छ। यद्यपि, उत्तर प्रदेश सरकारले यसअघि महाकुम्भले आगामी डेढ महिनामा २ लाख करोड रुपैयाँभन्दा कम नहुने बताएको थियो।
![India-Dham-(4)-1739530329.jpg](https://www.capitalnepal.com/uploads/posts/India-Dham-(4)-1739530329.jpg)
यदि, मेलामा ५० करोडले अवलोकन गरे र प्रतिव्यक्ति १० हजार रुपैयाँ मात्रै खर्च गरे भने ५० खर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान लगाउन सकिन्छ। यो भनेको नेपालको अर्थतन्त्र बराबर हो। नेपालको अर्थतन्त्र ५६ खर्ब हाराहारी छ।
उत्तर प्रदेश सरकारले कर, भाडा र अन्य शुल्कबाट २५ हजार करोड भारूभन्दा बढी आम्दानी गर्ने प्रक्षेपण गरेको छ। टेम्पो चालक, रिक्सा चालक, मन्दिर परिसरमा फूल बेच्ने, स्मृति चिन्ह बेच्ने, डुङ्गा चालक र होटललगायत साना बिक्रेताहरूको आम्दानीले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने छ। मेला एक्लैले भारतको आर्थिक वृद्धिमा १ प्रतिशतको योगदान गर्ने आँकलन गरिएको छ।