काठमाडौं। मुलुकमा सञ्चालित दुई दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले ग्राहक लक्षित साना ठूला भ्वाइस तथा डाटा प्याक दिइरहेका छन्। केही मिनेटदेखि घण्टा, एक दिन, साप्ताहिक, मासिक, त्रैमासिक जस्ता विभिन्न किसिमका दर्जनौं प्याकहरु दुवै कम्पनीका ग्राहकले खरिद गर्न पाउने सुविधा छ। प्रयोगकर्तामा सेवा शुल्क सस्तो परोस् र सहज होस् भन्ने ढंगमा कम्पनीले यस्ता साना ठूला प्याक दिइरहेका हुन्।
दूरसञ्चार कम्पनीले दिइरहेका भ्वाइस तथा डाटा प्याक जति ठूलो मात्रामा खरिद गर्यो, त्यति नै बढी सस्तो पर्न जान्छ भने ढुक्कसँग प्रयोग गर्न पाइन्छ। तर, ग्राहक ठूला प्याकभन्दा पनि साना प्याकमा नै बढी केन्द्रीत भएको देखिन्छ। यसले समग्रमा प्रयोगकर्ता महँगो शुल्कमा पर्छन् भने ढुक्कसँग डाटा तथा भ्वाइस सेवा उपभोग गर्न पनि पाउँदैनन्। कतिपय ग्राहकले दिनमै स-साना दुईदेखि तीन वटासम्म प्याक लिने गर्छन्।
यसरी, धेरै वटा साना प्याक खरिद गर्नुभन्दा एउटै ठूलो प्याक खरिद गरेमा ग्राहकलाई धेरै सस्तो पर्न जान्छ। निजी दूरसञ्चार कम्पनी एनसेलका अनुसार सधै अन प्याक खरिद गरेमा ब्यालेन्सबाट सेवा लिँदा भन्दा भ्वाइसमा ७ गुणासम्म सस्तो हुने गर्दछ। अर्थात्, बिना प्याक कल गर्दा मिनेटको २.०५ रुपैयाँ लाग्छ। भ्वाइस प्याक खरिद गरेमा ०.३० रुपैयाँ मात्रै लाग्छ।
झन् डाटा प्याक त ८० गुणाले सस्तो पर्दछ। ब्यालेन्सबाट डाटा चलाउँदा प्रतिएमबी १.२७ रुपैयाँ खर्च हुन्छ। प्याक खरिद गरेमा ८० गुणा सस्तो अर्थात् ०.०१६ रुपैयाँ मात्रै लाग्छ। एनसेलले सधै अन प्याक सुरु गरेपछि ५८ प्रतिशतले ब्यालेन्सबाट लिने सेवा बन्द गरेर प्याकबाट सेवा लिएको र ४२ प्रतिशतले भने अझै पनि ब्यालेन्सबाट नै सेवा लिइरहेको जनाएको छ।
![475983751_942570954675066_1989011176905382776_n-1739522823.png](https://www.capitalnepal.com/uploads/posts/475983751_942570954675066_1989011176905382776_n-1739522823.png)
एनसेलको हकमा मात्रै नभएर नेपाल टेलिकममा पनि साना प्याकको ठाउँमा ठूलो प्याक खरिद गर्दा सस्तो पर्न जान्छ। यदि, कुनै ग्राहकले नेपाल टेलिकमको २० रुपैयाँको एक दिने प्याक खरिद गरेमा ६०० एमबी डाटा प्राप्त हुन्छ। तर, ३९९ रुपैयाँमा डाटा खरिद गरेमा २८ दिने १३ जीबी प्याक प्राप्त हुन्छ। जुन ६०० एमबीका दरले पटकपटक लिइएको डाटाभन्दा निकै सस्तो पर्न जान्छ। यद्यपि, ग्राहक भने साना प्याकमा नै बढी केन्द्रीत भएको देखिन्छ।
प्याक नलिनुभन्दा अथवा सानाको सट्टामा ठूला प्याक लिएमा एकातर्फ ग्राहकको लागत कम हुन्छ। अर्कोतर्फ डाटा तथा भ्वाइसको प्रयोग ढुक्कसँग गर्न सकिन्छ। स-सानो प्याक जस्तो प्याक सकियो कि? भनेर बारम्बार चिन्ता लिनु पर्दैन।
प्याक नलिनुभन्दा अथवा सानाको सट्टामा ठूला प्याक लिएमा एकातर्फ ग्राहकको लागत कम हुन्छ। अर्कोतर्फ डाटा तथा भ्वाइसको प्रयोग ढुक्कसँग गर्न सकिन्छ।
यसरी, सानाको ठाउँमा ठूलो प्याक लिँदा सस्तोपर्ने ढुक्क भएर भ्वाइस तथा डाटा सेवा प्रयोग गर्न सकिने ठाउँ बन्दछ। नेपाल टेलिकमका सहायक प्रवक्ता नवीनकुमार मिश्र सानाको तुलनामा ठूला प्याकको शुल्क सस्तो पर्ने बताउँछन्।
‘एसएमएस तथा फोन कल गरिरहनुपर्ने, डाटा चलाइरहनुपर्ने मानिसका लागि ठूला प्याकहरू उपयुक्त हुन्छन् भने यस्ता प्याक तुलनात्मक रुपमा सस्ता पनि हुन्छन्,’ मिश्र भन्छन्, ‘त्यसैले ठूला प्याक लिनु ग्राहकका लागि फाइदाजनक हुन्छ। तर, कम प्रयोग गर्ने र खर्च कम गर्न चाहनेका लागि भने साना प्याक पनि आवश्यक नै हुन्छ।’ उनले भ्वाइस, एसएमएस तथा डाटा बढी प्रयोग गर्ने र सो बराबरको शुल्क एकैपटक खर्च गर्न सक्नेका लागि ठूला प्याक सस्तो पर्ने बताए।
नेपाल टेलिकमका ठूला भ्वाइस तथा डाटा प्याक
नेपाल टेलिकमले २०८१ असार १ बाट लागू हुनेगरी आफ्ना प्याकेजहरू अपडेट गरेको थियो। कम्पनीले आफ्ना ग्राहकहरूका लागि जिएसएम मोबाइल तथा एफटिटिएच (फाइबर टु द होम)मा विभिन्न आकर्षक प्याकेज उपलब्ध गराउने भन्दै प्योकेजमा अपडेट गरेको थियो।
जसमा सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनाअन्तर्गत ५९९ रूपैयाँमा कम्पनी नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन नेट भ्वाइस) तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ-नेट भ्वाइस) सेवासहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध छ।
त्यसैगरी सजिलो ६३६ प्याकअन्तर्गत ६३६ रूपैयाँमा अनलिमिटेड अन-नेट भ्वाइस, १५० मिनेट अफ-नेट भ्वाइस तथा १०० अन-नेट एसएमएसका साथै ९ जिबी डेटा सेवा पाइन्छ।
कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डेटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी आफ्नो प्याकेज अपडेट गरेको थियो।
यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल-नेट भ्वाइस ३० जिबी डेटा र १५० अन-नेट एसएमएस सेवा उपलब्ध छन्। सजिलो ९९९ प्याकमा अनलिमिटेड अल-नेट भ्वाइस सेवा, ६० जिबी डेटा र २०० अन-नेट एसएमएस सेवा उपलब्ध छन्।
कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डेटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी आफ्नो प्याकेज अपडेट गरेको थियो। यी सबै प्याकेजमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ।
इण्डिया भ्वाइस कल प्याकेजअन्तर्गत ८० रूपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रूपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध गराएको थियो।
ग्राहक लक्षित एनसेलका ठूला प्याक
एननेलले गएको जेठमा ठूला प्याक ल्याउँदै आफ्नो सधै अन योजना सार्वजनिक गरेको थियो। सो समयमा कम्पनीले ५ दर्जनभन्दा बढी डेटा प्याकहरूलाई २० वटामा झारेको थियो। यसअन्तर्गत कम्पनीले बेसिक, बेष्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरू सञ्चालनमा ल्याएको थियो।
यसपछि, फेरि एनसेलले उद्यमी व्यवसायीका लागि मासिक रेन्टलमा ‘बिज सधै अन’ प्लानअन्तर्गत ४९९ रुपैयाँदेखि १ हजार ९४९ रुपैयाँसम्मका ५ वटा प्लान ल्याएको थियो।
जसमा २ दिनको समय सीमा रहेको ९८ रुपैयाँबाट सुरु हुने प्याकदेखि २८ दिन समयावधि रहेको १ हजार ४९९ रुपैयाँ पर्नेसम्मको विभिन्न योजना छन्।
यसपछि, फेरि एनसेलले उद्यमी व्यवसायीका लागि मासिक रेन्टलमा ‘बिज सधै अन’ प्लानअन्तर्गत ४९९ रुपैयाँदेखि १ हजार ९४९ रुपैयाँसम्मका ५ वटा प्लान ल्याएको थियो। यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ।
लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयर बजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ। ४९९ रुपैयाँको प्लानअन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपालभर कुरा गर्न टक टाइम ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्न सकिन्छ।
यस्तै, ६४९ रुपैयाँको प्लानअन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन्। ९९९ रुपैयाँको प्याकअन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १ हजार वटा लोकल एसएमएस पठाउन पाउँछन्।
एनसेलको बुस्टर प्याकअन्तर्गत ग्राहकले ३० मा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन्। यस्तै ५० रुपैयाँमा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपालभर लोकल कलको सुविधा प्राप्त गर्न सक्छन्। यसका अलावा एनसेलका अन्य साना र सस्ता प्याक पनि एनसेलले ग्राहकलाई उपलब्ध गराउँदै आएको छ।