काठमाडौं। भ्यालेन्टाइन डे अर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर ल्याएको छ। यस विशेष योजनामा ग्राहकले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्दछन् र साथै २५ जना भाग्यशाली ग्राहकले न्यूम्यूको सनग्लास जित्ने मौका पाउने छन्।
यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो। यस नयाँ अफरअन्तर्गत भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन नेट टक टाइम प्राप्त गर्ने छन्। साथै, फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकले मार्च ८ सम्म न्यूम्यू उत्पादनमा २० प्रतिशत छुट पाउने छन्।
अफरको फाइदा लिन ग्राहकले आफ्नो मोबाइलमा एनसेल एप राखेको हुनु पर्दछ। यदि, एनसेल एप नभएमा उनीहरूले एप स्टोरबाट डाउनलोड गर्न सक्छन्। एप डाउनलोड गरेपछि एनसेल नम्बर प्रयोग गरी लगइन वा साइन अप गर्न पर्दछ।
अफरको दिन अर्थात् फेब्रुअरी १४ मा ग्राहकले एनसेल एपको फ्ल्यास सेलमा गई त्यहाँ रहेका आठ प्याकमध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्छन्। सूचीमा १ दिन समयावधि रहेको ५० को अनलिमिटेड डेटादेखि ३० दिन समयसीमा रहेको १ हजार ४९९ सम्मको प्याक रहेका छन्।
उदाहरणका लागि १ दिनको अनलिमिटेड डेटा प्याकमा ग्राहकले बोनस रूपमा ५० मिनेट अननेट टक टाइम प्राप्त गर्न सक्छन्। १५० को ७ जीबी पाइने डबल मज्जा प्याकमा थप २ जीबी बोनस डेटा पाइन्छ। त्यस्तै, ५९९ पर्ने २८ दिनको समयवधि भएको ४२ जीबीको होम एन्ड अवे प्याकमा ग्राहकले थप ५ जीबी बोनस पाउँछन्।
यो फ्ल्यास सेलअन्तर्गत ५९९ देखि १ हजार ४९९ सम्मका सधै अन प्याकमा ग्राहकले ५ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्छन्। जसले उनीहरूलाई अनलाइन पहुँचको भरपुर फाइदा प्रदान गर्नुका साथै सधै अन रही सम्पर्कमा रहन मद्दत गर्दै छ।
भ्यालेन्टाइन डे फ्ल्यास सेल अफरले ग्राहकलाई अझ सुलभ शुल्कमा डेटा कनेक्टिभिटीको फाइदा दिने र आफूले माया गर्ने व्यक्तिका साथै आफ्ना प्रियजनसँग सम्पर्कमा रहिरहन महत्वपूर्ण भूमिका खेल्ने विश्वास एनसेलले लिएको छ।
यो भ्यालेन्टाइन डे विशेष अफरका अतिरिक्त ग्राहकहरूले प्रत्येक शनिबार एनसेल एपको फ्ल्यास सेल सेक्सनमा गएर त्यहाँ उपलब्ध हुने प्याक लिई र बोनस डेटा तथा टक टाइमको फाइदा लिन सक्छन्।
![0111-1739510281.JPG](https://www.capitalnepal.com/uploads/posts/0111-1739510281.JPG)