काठमाडौं। टाटा मोटर्स इण्डियाले चार्जिङ नेटवर्कलाई सुदृढ बनाउने उद्देश्यले ‘ओपन कोलाब्रेसन २.०’ सुरु गरेको छ। कम्पनीले आगामी तीन वर्षभित्र अर्थात सन् २०२७ सम्ममा भारतको ईभी चार्जिङ प्वाइन्ट ४ लाखसम्म दोब्बर बनाउने योजनाअनुरुप ‘ओपन कोलाब्रेसन २.०’ सुरु गरेको हो।
टाटा मोटर्सले भारतमा दुई लाखभन्दा बढी विद्युतीय सवारीसाधन बेचेको माइलस्टोन मनाउँदै गर्दा यो घोषणा गरेको हो। टाटाका प्रबन्ध निर्देशक शैलेश चन्द्रले भारतमा ईभीलाई सक्षम बनाउन आगामी दुई वर्षमा चार्जिङ नेटवर्कलाई ४ लाख विन्दुमा विस्तार गर्ने लक्ष्य राख्दै ‘ओपन कोलाबे्रसन २.०’ सुरु गरेको बताएका छन्।
‘ओपन कोलाब्रेसन’ फ्रेमवर्क सन् २०२३ मा सुरु भएको थियो। कम्पनीले चार्ज प्वाइन्ट अपरेटर (सीपीओसीएस) र आयल मार्केटिङ कम्पनी (ओएमसीएस) सँग राजमार्ग मा चार्जिङ पूर्वाधार विकास गर्न साझेदारी गरेको थियो। यो पहलले १५ महिनामा सार्वजनिक चार्जिङ पोइन्टको संख्या दोब्बर बनाउन मद्दत गरेको छ। फलस्वरूप भारतमा पब्लिक चार्जिङ पोइन्टको संख्या १५ महिनामा दोब्बरले बढेर १८ हजार पुगेको छ।
![476006329_985267253030502_3782176457726148002_n-1739447478.jpg](https://www.capitalnepal.com/uploads/posts/476006329_985267253030502_3782176457726148002_n-1739447478.jpg)
‘यो पहलले सीपीओएसको व्यवहार्यता सुधार गर्दै र तिनीहरूको वृद्धिलाई सहज बनाउँदै चार्जिङको गति विश्वसनीयता र प्रयोगकर्ता अनुभवलाई वृद्धि गर्नेछ,’ प्रबन्ध निर्देशक चन्द्रले भने, ‘चार्जिङ अनुभवलाई वृद्धि गर्न हामीले साझेदारीको माध्यमबाट प्रमुख सहर र राजमार्गहरूमा टाटा ईभी मेगा चार्जरहरू प्रस्तुत गर्ने योजना बनाएको हो।’
भारतमा ईभीका प्रयोगकर्ता बढ्दै गएकाले ग्राहकलाई सहज बनाउन चार्जिङ इकोसिस्टमलाई थप पहुँच योग्य र भरपर्दो बनाउन मद्दत गर्नका लागि प्रस्तुत गरिएको उनको भनाइ छ।
टाटाले पूर्वाधार स्तरोन्नतिका लागि पावर, चार्जिङ जोन, स्टाटिक्यु र जोनसँगको सहकार्यमा ५०० मेगा चार्जरको नेटवर्क ल्याइरहेको छ। यी हाई-स्पीड चार्जिङ स्टेशनलाई प्रमुख सहर र प्रमुख राजमार्गमा पहुँच बढाउनका लागि राखिने कम्पनीले जनाएको छ।
५०० मेगा चार्जरहरू सबै ईभी प्रयोगकर्ताका लागि खुला रहने भए तापनि टाटा ईभीका ग्राहकले ब्राण्ड लोयल्टी र इकोसिस्टम विस्तार दुवैप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गर्दै चार्जिङ शुल्कमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्।
![478529261_603062295696875_6755824263094938466_n-1739447478.jpg](https://www.capitalnepal.com/uploads/posts/478529261_603062295696875_6755824263094938466_n-1739447478.jpg)
टाटा ईभीले प्रयोगकर्तालाई एउटै आरएफआइडी कार्ड प्रयोग गरी विभिन्न चार्जिङ अपरेटरमा निर्बाध भुक्तानी गर्न अनुमति दिने प्रणालीको घोषणा गरेको छ। यसका साथै ग्राहक लक्षित एक कल सेन्टर उपलब्ध गराई घर र सार्वजनिक चार्जिङ समस्या समाधान गर्न २४ औं घण्टा सञ्चालन हुने पनि बताएको छ।
उच्च सेवा स्तर सुनिश्चित गर्न, कम्पनीले पाँच-विन्दु स्केलमा अवस्थित चार्जरको लेखापरीक्षण र मूल्यांकन गर्ने छ। चार तारा वा सोभन्दा माथिको मूल्यांकन प्राप्त गर्ने चार्जरलाई आइआरए एपमा देखाइएका मूल्यांकनसहित टाटा ईभी प्रमाणित ब्याज प्रदान गर्ने छ।
यो पहलले चार्जरको विश्वसनीयता सुधार गर्ने र आइसीई सवारी साधनले ईभी स्पटहरू रोक्ने, गैर-कार्यात्मक चार्जर र असुविधाजनक रूपमा राखिएका चार्जिङ स्टेशन जस्ता सामान्य समस्यालाई सम्बोधन गर्ने लक्ष्य कम्पनीले राखेको छ। टाटा मोटर्सले सन् २०१९ देखि पूर्वाधारलाई अगाडि बढाउन काम गरेको बताएको छ।