काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गाँउपालिका ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा सेयर सम्बन्धि सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ।
क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा माछापुच्छ्रे गाँउपालिका कास्कीको वडा नंः ४ लाहाचोकका हाइड्रो प्रभावित क्षेत्र तथा गाउँमा सम्पन्न भएको हो। यस्तै, वडा नंः ३ र सो वडाका गाउँहरुमा सम्पन्न गरिएको थियो।
कार्यक्रममा वडा नंः ४, घाचोक माछापुच्छ्रे बैंक बगर शाखा का शाखा प्रबन्धक उज्जवल घिमिरे तथा माछापुच्छ्रे बैंक लिमिटेडका गण्डकी प्रदेशका क्लस्टर प्रमुख जीवन बहादुर कार्कीको समन्वय रहेको थियो।
क्यापिटलले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको उपलक्ष्यमा माघ महिनाभरि रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरी मनाइरहेको छ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ।