काठमाडौं । ललिता निवासको जग्गा धितो राखेर ऋण दिने विभिन्न १७ ओटा बैंक तथा वित्तीय संस्थाको लगानी डुब्ने अवस्थामा पुगेको छ ।
भूमाफियाको कब्जामा रहेको सो जग्गा सरकारले जफत गर्ने भएपछि बैंक तथा वित्तीय संस्थाको झण्डै २ अर्ब २० रुपैयाँ ऋण जोखिममा परेको हो । नेपाल राष्ट्र बैंकले ललिता निवासको जग्गा धितोमा राखेर कर्जा दिने बैंकहरुको विवरण संकलन गरिसकेको छ ।
३ वटा वित्तीय संस्थाले ऋण असुली गरिसकेका छन । राष्ट्र बैंकले ललिता निवासको जग्गा धितो राखेर कर्जा दिने बैंक जति सबैलाई पत्राचार गरेको छ।
ललिता निवासको जग्गा धितो राखेर ऋण प्रणाह गर्ने बैंक तथा वित्तीय संस्थालाई विवरण पेस गर्न निर्देशन दिइएको प्रवक्ता गुणाकर भट्टले बताए
ललिता निवासको जग्गाम लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, आइएमई फाइनान्स इन्स्टिच्युसन हाल ग्लोबल आईएमई बैंक, नेपाल बैंक, यति डेभलपमेन्ट बैंक हाल महालक्ष्मी विकास बैंक, युनिक फाइनान्स इन्स्टिच्युसनल, हिमालयन बैंक, आर्या तारा बचत तथा ऋण, युनिक फाइनान्स रहेका छन ।
यस्तै बैंक अफ एसिया नेपाल हाल एनआईसी एसिया बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक र किष्ट बैंक हालको प्रभु बैंकले ऋण प्रवाह गरेका छन ।