काठमाडौं। अटोमोबाइल क्षेत्रमा प्रख्यात दुई जापानिज् कम्पनी होन्डा र निसान ६० अर्ब डलर मर्जर वार्ताबाट पछि हटेका छन्।
केही समयअघि यी दुई कम्पनीबिच विद्युतीय सवारीसाधन (ईभी) उत्पादन गर्न मर्जर हुने घोषणा गरेका थिए। यी दुई कम्पनी एक महिनाभित्रै मर्जर वार्ताबाट पछि हटेका हुन्।
डिसेम्बरमा निसान र होन्डाबीच भएको सम्झौतामा दुई कम्पनीले एक होल्डिङ कम्पनी बनाउने घोषणा गरेका थिए। यसमा दुवैको समान हिस्सा हुने बताइएको थियो। तर, अहिले होन्डाले सहायक कम्पनीको रुपमा बस्न आग्रह गरेपछि निसान मर्जरबाट पछि हटेको हो। निसानले मर्जर वार्तामा बराबरीको स्थितिमा रहन आग्रह गरेको थियो।
निसान बिक्रीमा गिरावट आएको कारण उक्त कम्पनी कमजोर अवस्थामा छ। हालैको अवधिमा निसानले अटोमोबाइल बिक्रीमा गिरावटसँगै अमेरिकी हाइब्रिड कार मागलाई कम आकलन गर्दै खराब व्यवस्थापन निर्णय प्रदर्शन गरेको थियो।
कम्पनीले वार्ताबाट समान सर्त माग गरेर आफ्नो बार्गेनिङ स्थिति स्वीकार्न बाध्य पार्दै आएको थियो। होन्डाले निसानलाई आर्थिक सरोकारका साथै राजनीतिक प्रतिबन्धका कारण कम्पनीको प्रतिरोधविरुद्धमा कारखाना बन्द गरेर थप कामदार हटाउन दबाब दिएको बताइन्छ। यसकारण होन्डा असन्तुष्ट भयो।
कारखाना बन्दको मुद्दाले निसान र यसका साझेदारबीच विवाद निम्त्याएको छ। निसानले क्युशु, टेनेसी, मेक्सिको र युकेमा आफ्नो प्लान्ट बन्द प्रस्ताव अस्वीकारेको छ। यी साइट कम्पनीको ईभी विकासका आवश्यक अंग थिए।
गत डिसेम्बरमा चीनमा इलेक्ट्रिक भेहिकल (ईभी) निर्मातासँग प्रतिस्पर्धा गर्न दुई कम्पनीबीच सम्भावित मर्जरबारे वार्ता सुरु भएको बताइएको थियो।
गत मार्चमा यी दुई जापानी कार निर्माता कम्पनीले ईभीका लागि रणनीतिक साझेदारीका लागि सहमत भएका थिए। होन्डा र निसानले भविष्यमा सहकार्यका लागि विभिन्न सम्भावना खोजिरहेका बेला मर्जर वार्ता अगाडि बढे पनि अहिले ब्रेकअप अवस्थामा पुगेको हो।
चीनमा ईभी उत्पादन बढ्दै गएपछि पेट्रोल र डिजेल सवारीसाधनबाट विद्युतीय सवारी साधनमा सर्ने क्रममा धेरै कार ब्रान्डले प्रतिस्पर्धाको सामना गरिरहेका छन्।
अतः दुई ब्रान्ड एकीकृत भएर बलियो कम्पनी बनाउने रणनीति सार्वजनिक भए पनि ब्रान्ड होन्डा र निसानबीचको मर्जर वार्ता अहिले अवरुद्ध भएको हो।