काठमाडौं। नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्गको इजाजत प्राप्त २० वाणिज्य बैंकहरुले फागुन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्।
२० मध्ये १८ वाणिज्य बैंकले माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ग्लोबल आइएमई बैंकले मुद्दत निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको छ भने लक्ष्मी सनराइजले ०.२५ प्रतिशत बिन्दुले नै घटाएको छ। आज प्रकाशित नयाँ ब्याजदर तालिकाअनुसार सबैजसो बैंकले माघको ब्याजदरलाई नै निरन्तरता दिएका हुन्।
साधारण बचत खाताको ब्याजदर एकवर्षे संस्थागत र मुद्दती खाताको ब्याजदर हेर्दा सबै बैंकले माघको ब्याजदर नै कायम गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून बिन्दुमा आएको हो। ब्याजदर घट्दा कर्जा लिनेलाई राहत मिल्ने भनिए पनि कर्जा प्रवाह हुन सकेको छैन।
झन्डै डेढ वर्षदेखि बैंकहरु लगातार ब्याजदर घटाउँदै आएका छन्। यसअघि माघमा पनि १८ बैंकको ब्याजदर स्थिर थियो। पुसमा १४ बैंकको स्थिर थियो भने मंसिरनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए।
साधारण बचत खातामा एनआईसी एसिया बैंकले दिँदै आएको ३.१० प्रतिशत ब्याजदर सर्वाधिक छ भने अधिकांश बैंकको ब्याजदर ३ प्रतिशत हाराहारी नै छ।
एकवर्षे मुद्दती खातामा प्राइम कमर्सियल बैंकले ६ प्रतिशत ब्याजदर तोकेको छ । यो नै सबैभन्दा धेरै हो । एनएमबि र राष्ट्रिय वाणिज्य बैंकले दिने ४ प्रतिशत ब्याजदर सबैभन्दा न्यून हो।
सानिमा बैंकले संस्थागत मुद्दती खातामा ४.३० प्रतिशत ब्याजदर सबैभन्दा धेरै हो। यो खातामा ६ बैंकले ३ प्रतिशत ब्याजदर तोकेका छन्, जुन सबैभन्दा कम हो।
कृषि विकास बैंकले फागुनका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र ३.०० प्रतिशत ब्याजदर तोकेको छ। \
सिटिजन्स बैंक इन्टरनेसनलले फागुनका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर तोकेको छ।
यस्तै, एभरेस्ट बैंकले फागुनका लागि साधारण बचत एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दी खातामा क्रमशः ३.०५ प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिनेछ।
ग्लोबल आईएमई बैंकले फागुनका लागि साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिने भएको छ। बैंकले लामो अवधिको मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको छ।
यस्तै, हिमालयन बैंकको बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ४.७५ प्रतिशत र ३.५० प्रतिशत, कुमारीको साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगत बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत र मुद्दती खाताको दीर्घकालीन ब्याजदर ०.२५ प्रतिशत घटाएको छ।
माछापुच्छ्रे बैंकको साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत, नबिल बैंकको साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत, नेपाल बैंकको साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.२० प्रतिशत र ३.०० प्रतिशत ब्याजदर तोकिएको छ।
यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले फागुनका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ।
यसैगरी नेपाल एसबीआई बैंकले बचत, एकवर्षे व्यक्तिगत र एकवर्षे संस्थागत खाताका लागि लागि क्रमशः ३.०० प्रतिशत, ४.५१ प्रतिशत र ३.५१ प्रतिशत, एनआईसी एसियाले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत, एनएमबीले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिने जनाएको छ।
सिद्धार्थ बैंकले फागुनका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०५ प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत र ब्याजदर र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ। बैंकले फागुनका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।
साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याजदर तोकेको छ।
यस्तै, प्रभु बैंकले फागुनका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत, प्राइम कमर्सियलले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ।
राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत, सानिमाले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ।