काठमाडौं । सरकारले सेयर राइडिङ गरी रहेको टुटल पठाओलाई समेत वैधानिकता दिने गरी यातायात व्यवस्था ऐन ल्याउन लागेको छ ।
यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौंदा परिर्माजन गरेर नयाँ ऐन मार्फत टुटल पठाओलाई वैधानिकता दिने तयारी गरेको हो । त्यस्तै सवारी लाइसेन्सको परीक्षा प्रणाली तथा उमेर हद १६ वर्षबाट १८ वर्षको पु¥याइने व्यवस्थासमेत गरेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
उनका अनुसार विभागले परिर्माजन गरिएको ऐनको मस्यौंदा एक साता अगाडी नै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकेको छ । उनले भने ‘विभागले पठाएको ऐनको मस्यौदामा भएका विषयमा कानुन तथा अन्य मन्त्रालयसँग छलफल गरेर मन्त्रिपरिषदले स्विकृत गरेपछि संसदमा जान्छ र संसदबाट पास भएपछि कार्यन्वयनमा जान्छ ।’
ऐन पारित भएपछि १८ वर्ष उमेर पुगेकाले मात्रै सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’लिन पाउने छन् । सवारीसाधनलाई विभागले तीन श्रेणीमा राखेर लाइसेन्स लिने उमेर छुट्याएको छ । हलुका सवारीसाधन लिन १८ वर्ष, मझौला सवारीका लागि २१ वर्ष, हेभी सवारीका लागि २३ वर्ष उमेर हद निर्धारण गरिएको विभागले जनाएको छ ।
यसरी लाइसेन्सको लागी लिखित परीक्षा कम्प्युटर प्रणालीबाट लिइने, पहिलो दुई वर्ष परीक्षण अवधि रहने पनि महानिर्देशक हमालले जानकारी दिए ।
यो व्यवस्था कार्यान्वयमा आएपछि लाइसेन्स लिएको दुई वर्षपछि मात्रै व्यवसायिक सवारीसाधन चलाउन पाइने भएको छ । तर, निजी सवारीसाधन भने लाइसेन्स लिने बितिकै सवारी चलाउन पाइने व्यवस्था रहेको छ ।
विभागले जरिवानालाई समेत बढाएको छ । ऐनमा कुनै पनि सवारीले ट्राफिक नियम मिच्ने बित्तिकै पाँच हजार रूपैयाँ देखि ३० हजारसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको छ ।
्