काठमाडौं। नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्ससहित विभिन्न पदमा कर्मचारी माग गरेको छ। एक सूचना प्रकाशित गरी कलेजले विशेषज्ञ स्वास्थ्य प्राविधिक जनशक्ति माग गरेको हो।
सूचनाअनुसार कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरीलगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ। सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पूरा गरेकाले माघ ३० गतेभित्र दरखास्त दिन सक्ने छन्।
प्रकाशित सूचीअनुसार कलेजले नाक कान घाँटी, फरेन्सिक मेडिसिन, फिजियोलोजी, स्टाफ नर्स, ओरल मेडिसिन तथा रेडियोलोजी, फिजियोथेरापिस्ट तथा हेमोडायलाइसिस टेक्निसियन माग गरिएको छ। कलेजले अस्पताल तथा सम्बन्धित विषयमा अनुभव हासिल गरेकालाई प्राथमिकता दिने जनाएको छ। इच्छुक उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण इमेलमार्फत पठाउनुपर्ने छ।
योग्यता पुगेका उम्मेदवारलाई कलेज प्रशासनले अन्तर्वार्ताका लागि बोलाउने छ। स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको हो। कलेजले चाँडै क्याथ ल्याबसमेत सञ्चालन गर्न गइरहेको छ।
![NMC-Vacancy-design-final-11-(1)-1739176227.jpg](https://www.capitalnepal.com/uploads/posts/NMC-Vacancy-design-final-11-(1)-1739176227.jpg)