काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहकै कारण भ्रष्टाचारले बढिरहेको बताएका छन्। सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिन दायरामा ल्याउनुपर्ने उनले सुझाए।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा गर्दै राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जोकोही पनि कानुन र जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने अख्तियारले आमनागरिकमा विश्वास जागृत गराउन सक्नुपर्ने धारणा व्यक्त गरे।
नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित कल्याण, अन्तर्राष्ट्रिय छविका लागि सदाचार र निष्पक्ष सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणाली विकास गर्न आवश्यक रहेको उनको भनाइ बताए।
‘भ्रष्टाचारको प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ, त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै जानुपर्छ’, राष्ट्रपतिले भने, ‘कानुनी राज्यको स्थापना र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले आयोगले भ्रष्टाचारका सम्भावित जोखिमबारे सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराई यसको नियन्त्रणमा अगाडि भूमिका निर्वाह गर्न कुनै कसर बाकी राख्ने छैन भन्ने मलाई विश्वास छ।’
उनले ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसंगति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको र त्यसमा राज्य पक्ष र अख्तियार गम्भीर बन्नुपर्ने बताए।
‘कसैको दबाबमा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नगरी काम गर्न आयोग चुक्ने छैन भन्ने विश्वास छ’, राष्ट्रपतिले भने, ‘पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको निकायका रूपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने अपेक्षा छ।’
-1739164393.jpg)
-1739164391.jpg)
-1739164389.jpg)
-1739164388.jpg)
-1739164384.jpg)
-1739164385.jpg)
-1739164381.jpg)
-1739164380.jpg)
-1739164376.jpg)
-1739164377.jpg)
-1739164372.jpg)
-1739164372.jpg)
तस्बिरः नेपाल फाेटाे लाइब्रेरी