काठमाडौं। स्कोडा नेपालले ६.९९ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्सिङ सुविधा दिने घोषणा गरेको छ। स्कोडा नेपालले इन्टरनल कम्बसिबल आइसिइ इन्जिन सवारीसाधन खण्डमा पहिलो पटक वार्षिक ६.९९ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधनलाई ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने घोषणा गरेको हो।
यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुनः परिभाषित गर्दै ग्राहकहरूलाई विद्युतीय सवारी साधन (ईभी)को जस्तै स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यो फाइनान्सिङ योजना प्रायः ग्राहकहरूलाई प्रिमियम सवारी साधनको स्वामित्व लिनबाट रोक्ने उच्च अग्रिम लागतहरूलाई सम्बोधन गर्न सुरु गरिएको हो। स्कोडा नेपालले अतुलनीय विलासिता, सुरक्षा र विश्वसनीयताको लागि परिचित स्कोडा सवारी साधनहरूको आनन्द लिनका लागि वित्तीय अवरोधहरू कम गरेर ठूलो संख्याका ग्राहकहरूलाई सशक्त बनाउने उद्देश्य कम्पनीले राखेको छ।
यो विशेष फाइनान्सिङ योजना सीमित अवधिको लागि मात्र उपलब्ध हुनेछ। यस अफरको बारेमा थप जानकारीको लागि ग्राहकहरूले नेपालभरका स्कोडा शोरूमहरूमा गएर बुझ्न सक्नेछन्।
नेपालमा ईभीहरूले निरन्तर रूपमा आकर्षण प्राप्त गरिरहँदा स्कोडा नेपालको यस फाइनान्सिङ योजनाले सबैका लागि समान अवसर निर्माण गर्नेछ। ग्राहकहरूले अब स्कोडा आईसीई सवारी साधनहरूको अतुलनीय सुविधाहरू र ईभीसँग सम्बन्धित किफायतीपन दुवैको आनन्द लिन सक्नेछन्। यो पहल विकसित बजारमा मूल्य र नवीनता प्रदान गर्ने स्कोडाको प्रतिबद्धताको प्रमाण हो।
स्कोडा नेपालका सीईओ रौनक अग्रवालले ग्राहकहरू विलासिता, सुरक्षा र विश्वसनीयताको सन्दर्भमा उत्कृष्ट सवारी साधनको हकदार भएको बताएका छन्। ‘ग्राहकहरू विलासिता, सुरक्षा र विश्वसनीयताको सन्दर्भमा उत्कृष्ट सवारी साधनको हकदार हुन्। हामी उहाँहश्रलाई त्यसका लागि सजिलो बनाइरहेका छौं। यो योजनाले सवारी साधनहरू मात्र नभई समाधानहरू पनि अफर गर्ने हाम्रो समर्पणलाई प्रतिबिम्बित गर्दछ।’
स्कोडा विश्वव्यापी रूपमा मान्यता प्राप्त एक अटोमोटिभ ब्रान्ड हो। जसमा नवीनता, इन्जिनियरिङ उत्कृष्टता र ग्राहक सन्तुष्टिको समृद्ध विरासत रहेको छ। प्रिमियम गुणस्तर, उत्कृष्ट प्रदर्शन र उन्नत सुरक्षा सुविधाहरूका लागि परिचित स्कोडाले निरन्तर रूपमा अटोमोटिभ संसारमा नयाँ बेन्चमार्कहरू स्थापित गरिराखेको छ। यस फाइनान्सिङ योजनाका साथ स्कोडा नेपालले नेपाली अटोमोटिभ बजारको एक अग्रणीको रूपमा आफ्नो स्थिति अझै बलियो बनाएको छ।