काठमाडौं। अहिले विद्युतीय सवारी साधन (ईभी)का प्रयोगकर्ता तथा ईभी खरिद गर्न चाहनेको सबैभन्दा धेरै सोचनिय विषय स्पेयर पार्टहरुको मूल्य हो।
अधिकांश मानिसहरुको रोजाइ ईभी गाडी भएकाले सबैभन्दा महत्वका साथ त्यसमा भएको ब्याट्री, मोटर र त्यसको पार्टपुर्जालाई लिइरहेका छन्। मूल्य सस्तो हुँदै गर्दा पार्टपुर्जा किन महँगो भन्ने प्रश्न कतिपयले गरेको पाइन्छ।
ईभी गाडीको सबैभन्दा महँगो पार्टस भनेको त्यसमा प्रयोग भएको ब्याट्री हो। एउटा ब्याट्रीको २० लाख रुपैयाँ भन्दा बढी पर्ने छ। यसमा प्रयोग हुने मोटर, हेडलाइट, सिसा, चार्जिङ पोर्ट, क्यामेरा कभर, वायर, हर्न, टायरलगायतका अन्य पार्टपुर्जाको मूल्य फरक पर्ने छ।
ईभी गाडीको एउटा हेडलाइटको ८६ हजारदेखि १ लाख रुपैयाँसम्म पर्ने छ भने चार्जिङ पोर्टको ७५ हजार रुपैयाँसम्म पर्ने कम्पनीहरुको भनाइ छ। ब्राण्डअनुसार स्पेयर पार्टसहरुको मूल्य फरक-फरक पर्ने छ। कम्पनीले फरक–फरक भेण्डरबाट पार्टसहरु आयात गर्ने भएकाले तिनीहरुको मूल्य यति पर्छ भनेर यकीनका साथ भन्न कठिन हुनेछ।
नेपालमा आयात हुने अधिकांश ईभी गाडी चिनियाँ उत्पादन भएकाले यसमा प्रयोग हुने स्पेयर पार्टस अलि महँगो पर्न गएको नेपालका लागि स्काइवेल गाडीको आधिकारिक वितरक जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल बताउँछन्।
‘अधिकांश नेपालमा आयात हुने ईभी गाडी चिनियाँ उत्पादन भएकाले अलि महँगो परेको हो। कतिपय अवस्थामा अर्जेन्ट वेशिसमा सामान जहाजबाट आउँदा कार्गाे चार्ज महँगो हुन्छ। त्यसले गर्दा सीधै असर ग्राहकमा हुन्छ,’ गेलाल भन्छन्, ‘स्पेयर पार्टसमा अहिले पनि कष्टम र भ्याट गरेर सरकारले पैसा उठाइरहेको छ, यो कारणले गर्दा पनि हो। अर्काे भनेको भेहीकल हेरेर पनि हुन्छ। प्रिमियम, लक्जरी, नर्मल कस्तो खालको गाडी हो। त्यो हेरेर हुन्छ।’
प्रयोगका क्रममा गाडीको पार्टमा क्षति पुगेमा त्यसलाई परिवर्तन गर्नका लागि ठूलो रकम खर्चिनुपर्ने त्रासले ईभी प्रयोग नगर्ने धेरै छन्। हाल
पार्टस भनेको लामो समय स्टक बस्ने वस्तु हो। अहिले आएर बिक्री भइहाल्ने होइन। त्यसले गर्दा यसको चार्ज पनि लिइन्छ। ईभीमा धेरै नै एडभान्स टेक्नोलोजी भएकाले महँगो पर्ने गेलालको भनाइ छ। ‘हिजोको दिनमा अधिकांश गाडी भारतबाट आयात हुन्थे। त्यसमा नर्मल हेडलाइट हुन्थ्यो। अहिले प्रोजेक्टर हेडलाइटको कन्सेप्टहरु आएको छ। जुन गाडीहरुमा प्रोजेक्टर हेडलाइट अलि प्रिमियम क्वालिटीको लाइटिङ सिस्टम हुन्छ। त्यसको पर्चेस कस्ट थोरै महँगो पर्छ,’ उनी भन्छन्।
प्रयोगका क्रममा गाडीको पार्टमा क्षति पुगेमा त्यसलाई परिवर्तन गर्नका लागि ठूलो रकम खर्चिनुपर्ने त्रासले ईभी प्रयोग नगर्ने धेरै छन्। हाल नेपालमा तुलनात्मक रुपमा इन्धनभन्दा ईभी गाडीको मूल्य सस्तो छ। तर, पार्टसहरु भने ईभीको महँगो भएको गुनासो बढिरहेका छन्।
नेपालमा धेरै चिनियाँ ब्राण्ड आएका छन्। २०-३० वटा देशमा गइरहेको उत्पादन नेपाल आइरहेको छ। कतिपय गाडीहरु युरोपियन डिजाइन क्वालिटिको छ, त्यो नेपाल पनि आइरहेको छ। त्यसैले केही महँगो परेको उनको तर्क छ।
नेपाली अटो उद्योग हिजोको दिनमा इन्डियावेश उत्पादनबाट लामो समय चलेको हो। भारतको ग्राहक पनि मूल्यमा सचेत छन्।
ईभी आफैमा महँगो भएकाले पनि यसको स्पेयर पार्टस तथा ब्याट्री मोटर मंहगो पर्ने हुण्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दिपक थपलिया बताउँछन्। ‘ईभी गाडी आफैमा महँगो हो। नेपालमा भन्सार छुट भएको कारणले सस्तोमा पाइन्छ,’ जनरल म्यानेजर थपलिया भन्छन्, ‘गाडी सस्तो भए पनि यसको पार्टपुर्जा भने महँगो नै हुन्छ।’
पार्टपुर्जा ईभीको लागी मात्र डेडिकेटेड बनाएको हुनाले धेरै कम्पोनेन्ट, सेन्सरलगायतका सामान लागेको हुन्छ। त्यही सामानभित्र धेरै चिज हुन्छ। एलईडी, लुकिङ मिरमा ३६० डिग्रीको क्यामरालगायतका धेरै कम्पोनेन्ट जोडिएको हुनाले महँगो हुने थपलियाको भनाइ छ।
तुलनात्मक रुपमा अन्य मुलुकबाट आयात हुने ईभीको स्पेयर पार्टसभन्दा चिनियाँ ईभीको पार्टस अलि महँगो हुने साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकार बताउँछन्।
संसारमा सबै सामानमा ईभी महँगो पर्ने एलआरआर ग्रुपका निर्देशक जिवनजंग शाही बताउँछन्। ‘अरुको तुलनामा नेपालमा मात्र ईभी सस्तो हो,’ निर्देशक शाही भन्छन्, ‘तर, बाँकी पार्टपुर्जा एउटै हो। कति चिजहरु ईभीको लागि मात्र बनाइएको हुन्छ त्यसले गर्दा महँगो पर्ने हो।’
सरकारले ल्याएको करको नीति राम्रो छ। संसारमा ईभी टेक्नोलोजी भनेको न्यु एडप्सन हो। प्रविधिमा एउटा नयाँ आयाम हो। संसारको सबै ठाउँमा ईभीलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
तुलनात्मक रुपमा अन्य मुलुकबाट आयात हुने ईभीको स्पेयर पार्टसभन्दा चिनियाँ ईभीको पार्टस अलि महँगो हुने साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकार बताउँछन्।
‘तुलनात्मक रुपमा अन्य मुलुकबाट आयात हुने ईभीको स्पेयर पार्टसभन्दा चिनियाँ ईभीको पार्टस महँगो हुन्छ। ईभी महँगो नै चिज हो,’ उनी भन्छन्, ‘ईभी र आईसीई गाडीको पार्टस्को भन्सार शुल्क एउटै हो। ईभी खरिद नै महँगो पर्ने भएकाले यसको पार्टस पनि सोहीअनुसार हुन्छ।’
ईभीसँग जोडिएको सबैभन्दा ठूलो लागत भनेको यसको ब्याट्री हो। ईभीको ब्याट्रीमा प्रयोग हुने प्रविधि, बन्ने प्रक्रिया, डिस्पोजल प्रणाली लगायतका विविध कारणले गर्दा ईभीको ब्याट्री महँगो हुने गर्दछ। विश्व बजारमा ईभी ब्याट्री निर्माता कम रहेकाले र नयाँ/नयाँ प्रयोग भइरहेका कारण पनि यसको मूल्य तुलनात्मक रुपमा महँगो हुने गर्दछ।
विश्वका अन्य देशको तुलनामा नेपालमा आयात हुने ईभी गाडी सस्तो छ। नेपाल सरकारले पनि विद्युतीय गाडीलाई केही छुट तथा सहुलियतको नीति लिएको छ। गाडी सस्तो परे पनि यसको ब्याट्री, मोटर, स्पेयर पाटर्स भने महँगो पर्ने व्यवसायी बताउँछन्। संसारको सबै चिजमा ईभी महँगो नै हो। ईभी गाडीको स्पेयर पार्टस ईभीका लागि लक्षित गरी बनाइने भएकाले महँगो पर्ने भएको हो।