काठमाडौं। अमेरिकी डलरको मूल्य आज घटेको छ। दुई दिनदेखि लगातार रेकर्ड कायम गर्दै आएको अमेरिकी डलरको मूल्य आज घटेकाे हाे।
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा कायम गरेको छ।
यस्तै, युरो, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि सस्तिएका छन्। तर, अस्ट्रेलियन डलर, पाउन्डलगायतका केही विदेशी मुद्राको मूल्य बढेको छ।
युरो एकको खरिदर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ९६ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा थियो।
आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५३ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६४ र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा थियो।
त्यसैगरी कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा छ। शुक्रबार कुवेती दिनार एकको खरिददर चार सय ५३ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ५५ रुपैयाँ ०६ पैसा थियो।
बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ४९ पैसा थियो।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समय पनि संशोधन गर्न सकिने जनाएको छ।