नाइजेरिया र सिंगापुरका होटल र रेस्टुरेन्टमा करिब ८ वर्ष खर्चिएपछि सन् २०१० मा काठमाडौं ओर्लिदै गर्दा सेफ लक्ष्मण भण्डारीको विदेशप्रतिको मोह हराइसकेको थियो। सन् २००४ ताका साथीहरूको जस्तै म पनि विदेश जान्छु भन्ने रहर पूरा भइसकेको थियो। यतिसम्म किन अब विदेश नै जान्न भन्ने प्रतिबद्धतासमेत उनले लिइरहेका थिए। त्यसैले त नेपाल ओर्लिनेबित्तिकै उनले पासपोर्ट च्यातेर फाले। अनि अठोट लिए, ‘अब जे गर्छु नेपालमै गर्छु।’
नक्सालस्थित सेफ सन्तोष शाहको ‘मिथिला थाली’मा कुराकानीका क्रममा उनले भारतदेखि सुरु भएको आफ्नो हस्पिटालिटी यात्रा कसरी नेपाल हुँदै नाइजेरिया र सिंगापुरसम्म पुग्यो भन्ने सुनाए। ती देशमा व्यापार र जागिरमा पाएको सफलतादेखि लगातार बेहोरेका असफलताका किस्सा सम्झिए। त्यति मात्रै होइन, उनले सकारात्मक सोच र निरन्तरको लगनशीलताका साथ आफूलाई कुनै क्षेत्रमा कसरी टिकाइराख्न सकिन्छ, भन्ने चार दशकको अनुभवले भरिएको पोको फुकाए।
![476499192_1137566284440082_6944280585544859127_n-1738937583.jpg](https://www.capitalnepal.com/uploads/posts/476499192_1137566284440082_6944280585544859127_n-1738937583.jpg)
दिल्लीमा पुगेपछि उनलाई होटलमा भाडा माझ्ने काम निको लागेन। भाँडा माझ्नेको बसाइँ र काम गराइ शैली निकै खराब हुन्थ्यो। बस्ने र सुत्ने ठाउँ गतिलो हुँदैनथ्यो। त्यसैले उनले होटलमा भाँडा माझ्ने काम नगर्ने निर्णय गरे। उनले कपडा पसलमै काम पाए पनि होटलमै मन थियो।
‘भान्से लक्ष्मण’। उनलाई अधिकांशले यही नामले चिन्छन्। झन्डै साढे तीन दशक लामो यात्रामा अनेकौं आरोह–अवरोह पार गर्दै प्राप्त गरेको यो नाम उनलाई औधी प्रिय छ। ‘म आफै नेपाली खानाको प्रवर्द्धन गरिरहेको मान्छे। भाषा पनि मौलिक नै राखौं भन्ने सोचले विगत ७÷८ वर्षयता नामका अगाडि सेफको साटो भान्से नै प्रयोग गरिरहेको छु’, उनले भने।
गुल्मीको चन्द्रकोट–७ (पहिलेको रुपाकोट)मा २०२७ सालमा पिता मुक्तिराम र माता लिलादेवी भण्डारीका कोखबाट जन्मिएका लक्ष्मणको जीवन यात्राको सुरुआत भयो। गुल्मीमा जन्मिएका उनको बाल्यकाल भने भारतको दिल्लीमा बित्यो। दिल्लीमा बुबा जागिर भएकाले मातापिताका साथ उनी दिल्ली पुगेका थिए। त्यहाँ उनले विद्यालयको प्रारम्भिक शिक्षा सुरु गरे। तर, ७ वर्षको उमेरमा आमासँगै जन्मभूमि गुल्मी फर्किए।
नेपाल फर्किएपछि उनी कक्षा ४ मा भर्ना भए। त्यो बेलामा मुलुकमा पञ्चायत विरोधी आन्दोलनको बिउ रोपिसकेको थियो। ठूली आमाका छोरा दाजु कौशल पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा आबद्ध भई आन्दोलनमा होमिएका थिए। त्यसैले परिवारको माहोल राजनीतिक थियो। दाजुको संगतमा उनी पनि वामपन्थी विचारधारामा आकर्षित भए। पञ्चायत विरोधी आन्दोलन चर्किंदै जाँदा कौशल जेल परे। करिब २ वर्र्ष बन्दी जीवन बिताएपछि २०४४ सालमा साग सम्मेलनका अवसरमा तत्कालीन सरकारले केही बन्दीलाई रिहा गर्ने क्रममा उनी पनि रिहा भए। दाजु कौशलसँगै लक्ष्मणको पनि राजनीतिक गतिविधि विद्यालयमै छँदादेखि सुरु भयो।
तत्कालीन समय भूमिगत रुपमा जीवनाथ आश्रित, प्रदीप ज्ञवाली र मोदनाथ प्रश्रितलगायतसँगको हिमचिमले वापन्थी विचारको राजनीतिप्रतिको झुकाव बढायो। जेलबाट रिहा भएपछि उनका दाजु २०४६ सालमा पार्टीको जिल्ला सभापति पनि भए।
राजनीति सिक्दै गर्दा उनले विं.सं. २०४३ सालमा एसएलसी दिए। त्यो बेलामा एसएलसीको नतिजा आउन ६ महिना लाग्थ्यो। उनले त्यो समयमा भारतमै केही काम गर्छु भन्ने सोचले दिल्ली हानिए। त्यहाँ उनी ६ महिना बसे। यता, एसएलसीको नतिजा आयो। उनी नेपाल फर्किए। मार्कसिट हेर्दा तेस्रो डिभिजनमा पास भए। एसएलसीको नतिजासँगै अमृत साइन्स क्याम्पसमा पढ्ने उनको योजना तुहियो। उनी निरास बने।
यद्यपि, पढाइ छाड्नुहुन्न भन्ने बुझेका उनले बुटवल झरेर बुटवल बहुमुखी क्यामपसमा व्यवस्थापन संकायमा भर्ना भए। तर, मन त्यहाँ पनि अडिएन। उनी फेरि भारत जाने र उतै जे पाइन्छ, त्यही काम गर्ने निधो गरे।
‘त्यो समयमा हाम्रो भेगका मानिस जागिर गर्न भारत जाने चलन थियो, त्यहाँ पनि ८० प्रतिशतभन्दा बढी होटल र रेष्टुरेन्टमै काम पाउँथे, म पनि त्यही काम गर्ने भन्दै गएको थिएँ’, उनले भने। तर, दिल्लीमा पुगेपछि उनलाई होटलमा भाडा माझ्ने काम निको लागेन। भाँडा माझ्नेहरूको बसाइँ र काम गराइँको शैली निकै खराब हुन्थ्यो। बस्ने र सुत्ने ठाउँ गतिलो हुँदैनथ्यो। त्यसैले उनले होटलमा भाँडा माझ्ने काम नगर्ने निर्णय गरे। उनले कपडा पसलमा काम पाए। तर, उनको मन होटलमै थियो।
दिल्लीको बाह्रखम्बा रोडमा त्यो बेलाको चर्चित होटल ‘लि मेरिडियन’ थियो। त्यहाँ एक जना चिनेजानेकै काका काम गर्दै आएका थिए। लक्ष्मणले काकालाई होटलमा हेल्परको काम मिलाइदिन आग्रह गरे। ‘अंकललाई मैले भाँडा माझ्नुभन्दा सेफको हेल्पर बन्छु, काम पनि सिकिन्छ, बरु छ महिना तलब लिन्न भनेँ, तर उहाँले काम नै गर्ने हो भने तालिम लिएर गर भन्नुभयो’, उनले भने।
सशस्त्र द्वन्द्वको समय थियो। पासपोर्टका लागि जिल्ला जानुपर्ने बाध्यता थिएन। सिफारिसका आधारमा काठमाडौंबाटै पासपोर्ट बनाउन सकिन्थ्यो। कुवेत जान सबै तयारी पूरा गरी स्वास्थ्य जाँच गराउँदा छातीमा समस्या देखियो। सानै छँदा लागेको निमोनियाको असरले छाडेको रहेनछ। उनी अरु साथीहरूसँग कुवेत जान पाएनन्।
काकाको सुझावपछि उनले सन् १९८९ मा पुसा इन्स्टिच्युटमा भर्ना भए। त्यहाँ उनले नौ महिना कोर्स पूरा गरे। अनि लि मेडिडियन होटलमा आबद्ध भए। त्यहीबाट हो, उनको हस्पिटालिटी यात्राको सुरुआत।
राम्रो होटल, राम्रो काम भइसकेको थियो, उनको। उमेर पुगेकाले बिहे गर्न घर फर्किंए। बिहे गरे। छोरी जन्मिएपछि उनी कामको खोजीमा फेरि भारत लागे। होटलमा काम गरिरहेका उनी सन् १९९१ मा ‘ओशो कम्युन’मा आकर्षित भए। ओशोबाट प्रशिक्षित भइसकेपछि उनी त्यतातिर लाग्ने निर्णय गरे।
![476497591_3893044290970367_2964859579266539984_n-1738937505.jpg](https://www.capitalnepal.com/uploads/posts/476497591_3893044290970367_2964859579266539984_n-1738937505.jpg)
ओशो कम्युुनमै बस्ने र त्यहीको रेस्टुरेन्टमा काम गर्न पाएपछि झन सजिलो भयो। उनी ओशो कम्युनमा लागेपछि परिवार र बाहिरी संसारसँगको सामिप्यता पातलिँदै गयो। उनले ओशो कम्युनमै चार वर्ष बिताए। यत्तिकैमा खोई किन हो, एक दिन अब घर फर्कनुपर्छ भन्ने लाग्यो। उनी गुल्मी फर्किए।
त्यो बेला छोरी पाँच वर्षकी भइसकेकी थिइन्। श्रीमतीलाई अनेक रोगले च्यापिसके छ। यो देखेपछि उनलाई परिवारप्रतिको आशक्ति बढ्यो। श्रीमतीलाई लिएर उनी उपचार गराउन भारतको पुणे पुगे। त्यहाँ श्रीमतीको उपचारसँगै कामको सिलसिलामा केही वर्ष बिताए।
सन् १९९९ मा भारत छाडेर नेपाल आउने मौका जु¥यो, उनलाई। होटलमा काम गरेको अनुभवका आधारमा उनले काठमाडौँको पाँचतारे होटल याक एण्ड यतिमा जागिर पाए। किचनमा ‘मल्टी कुजिन’ हेर्ने जिम्मेवारी थियो, उनको।
काम गर्दै जाँदा विदेशका होटलमा काम गर्ने रहर चल्यो। केही साथीहरूसँगै उनले अन्तर्वार्ता दिए। अन्तर्वार्तामा छनोट भए। कुवेत काम गर्न जाने पाउने भए। तर, हातमा पासपोर्ट थिएन। कम्पनीले ६ दिनभित्र पासपोर्ट समय दियो। त्यसपछि उनी पासपोर्ट बनाउनतिर लागे।
सशस्त्र द्वन्द्वको समय थियो। पासपोर्टका लागि जिल्ला जानुपर्ने बाध्यता थिएन। सिफारिसका आधारमा काठमाडौँबाटै पासपोर्ट बनाउन सकिन्थ्यो। उनले चार दिनमै पासपोर्ट बनाए र बुझाए। कुवेत जान सबै तयारी पूरा गरी स्वास्थ्य जाँच गराउँदा छातीमा समस्या देखियो। सानै छँदा लागेको निमोनियाको असरले अझै छाडेको रहेनछ। उनी अरु साथीहरूसँग कुवेत जान पाएनन्।
‘विदेश जाने रहर यत्तिकैमा कहाँ छुट््थ्यो र?, म अवसरकै खोजीमा थिएँ, यत्तिकैमा एक दिन नाइजेरियाको इन्टरकन्टिनेन्टल होटलका म्यानेजरसँग भेट भयो, उनकै साथमा लागेर नाइजेरिया पुगेँ’, लक्ष्मणले सुनाए।
ती म्यानेजर भारत हुँदै नेपाल आएका रहेछन्। नेपालमा उनी याक एण्ड होटलमै बसे। त्यही उनले लक्ष्मणसँग कुराकानी गरे। लक्ष्मणले खानाबारे अंग्रेजीमा ब्रिफ गरे। उनको शैलीबाट प्रभावित भएका ती म्यानेजरले नाइजेरियाको होटलमा काम गर्ने अफर सुनाए। विदेश जाने अवसर खोजिरहेका लक्ष्मणसँग सबै कागजपत्र थियो। सन् २००२ मा उनी नाइजेरियाका लागि प्रस्थान गरे।
विदेशको भूमि, नयाँ काम। उनलाई सहज भएन। त्यसमाथि गएको दुई वर्षपछि (सन् २००४)मा नाइजेरियामा दंगा सुरु भयो। होटलबाट बाहिर निस्कन नपाउने अवस्था बन्यो। त्यही क्रममा मलेसियन राजदूतसँग उनको भेट भयो। मलेसियाको एक पर्व मनाउने क्रममा उनलाई दूतावास भवनमै खाना बनाउन बोलाइएको थियो। लक्ष्मणको काम देखेर राजदूतले आफैसँग बस्न अफर गरे। उनले त्यो अफर स्वीकारे। नाइजेरियामा १८ महिना बिताउँदा १३ महिना राजदूत कहाँ काम गरे।
त्यसपछि उनलाई स्वदेश फर्कनुपर्छ भन्ने लाग्यो। ती राजदूतलाई मलेसियाको भिसा मिलाइदिन आग्रह गरे। उनको उद्देश्यले मलेसिया हुँदै सिंगापुर पुगेर नेपाल फर्कन्छु भन्ने थियो। राजदूतले भिसा मिलाइदिएपछि उनी मलेसिया हुँदै सिंगापुर पुगे। सिंगापुरमा ज्वाइँ नाता पर्ने एक आफन्त रेष्टुरेन्टमा काम गर्दथे। उनी त्यही रेस्टुरेन्टमा पुगे।
व्यावसायिक यात्रामा पटक–पटक संघर्ष गर्दै आएका भान्से लक्ष्मण पछिल्लो समय नेपाली खाना प्रवद्र्धनमा जुटेका छन्। सन् २०१८ मा ग्लोबल नेपाली सेफ संस्था स्थापना गर्नेदेखि विभिन्न देशमा च्याप्टरको शुभारम्भ गर्दै उनी यतिबेला रैथाने नेपाली खानाको खोज, विकास र प्रवर्द्धनमा सक्रिय छन्।
‘ज्वाइँको रेस्टुरेन्टमा पनिर बटर मगाएको थिएँ, वेटरले करीमा बटर हालेर ल्याइदियो, मलाई पटक्कै चित्त बुझेन, मैले तत्कालै किन यस्तो गरेको हो, यसमा त टमाटर बढी हुनुपर्ने होइन भन्दै सोधेँ, यो कुरा रेस्टुरेन्ट मालिकले सुनेछ’, उनले भने, ‘सायद मालिकलाई मेरो कुरा मन परेछ, त्यसैदिन साँझपख त्यही रेस्टुरेन्टमा काम गर्ने अवसर आइलाग्यो, मालिकले भिसालगायतको सबै बन्दोबस्त गरिदिने बताए, म रेस्टुरेन्टमै काम गर्न राजी भएँ।’
सन् २००४ मा सिंगापुरमा जागिर सुरु भयो। पहिलो ६ महिना त्यही रेस्टुरेन्टमा काम गरँे। त्यसपछि उनी शाही महारानी इन्टर्न होटलमा क्याटरिङ हेडको जागिर पाए। त्यो बेलामा सिंगापुरमा इन्डियन र इन्डोनेसियन रेस्टुरेन्ट खुलिसकेका थिए। तर, नेपाली रेष्टुुरेण्ट निकै कम थिए। यो देखेर उनले केही लगानीकर्ता खोजे। सन् २००७ मा नेपाली रेस्टुरेन्ट सुरु गरे।
तर, पहिलो व्यवसायिक यात्रा राम्रो भएन। रेस्टुरेन्टमा लगानी डुब्यो। सन् २००९ मा नेपालीलाई सिंगापुरले भिसामा कडाइ गर्न थालेपछि उनी नेपाल फर्कने निधो गरे। भिसाको समस्या भएपछि केही समय मलेसिया र सिंगापुर गर्दै बसे। अन्ततः सन् २०१० मा उनी स्वदेश फर्किए।
उनी नेपाल आउँदा हात रित्तो थियो। कमाइ जति सिंगापुरको रेस्टुरेन्टमा डुबिसकेको थियो। विदेशबाट आएको मान्छे रित्तो हात लिएर घर जाने आँट आएन। उनी काठमाडौँमै बसे। पैसा कमाउने सोचेँ। यत्तिकैमा टिचिङ अपतालको क्यान्टिनमा समोसा बनाउने काम पाए। बिहान ३ बजेदेखि समोसा बनाउथे, उनी।
त्यहाँ काम गर्दागर्दै बसुन्धरामा दियालो फूडल्याण्डमा रेस्टुरेन्ट सुरु भयो। चिनेजानेकाले त्यहाँ लगानी गर भन्न थाले। तर, उनीसँग पैसा थिएन। अरुलाई पैसा छैन भन्न पनि सकेनन्। उनले त्यहाँ कर्मचारीका रुपमा काम गरे। पछि उनले बौद्धको तिब्बत इण्टरनेशनलमा पनि काम गरे।
होटलमा काम गर्दै, केही इन्स्टिच्युटमा पढाउन थाले। उनले यसबीच स्वर्णिम बुटिक होटल, पोखरामा द यात्रा, डालियलगायतका होटलमा काम गरे। काम गर्दै जाँदा पैसा जोहो गर्दै गए। उनी जस्तै चार जना सेफ मिलेर दरबारमार्गमा सन् २०१४ मा डेलिकेटेसन रेस्टुरेन्ट सुरु गरे। तर, त्यहाँ पनि लगानी डुब्यो।
त्यो रेस्टुरेन्ट मुस्किलले एक वर्ष चल्यो। त्यसपछि पनि उनले हार मानेनन्। सन् २०१५ को भूकम्पपछि केही पैसा जम्मा गरेर ठमेलमा नयाँ रेस्टुरेन्ट सुरु गरे। यहाँ पनि डुबे, उनी। भूकम्पले चर्र्काएको घर निर्माणमै ठूलो रकम खर्च भयो। आम्दानीभन्दा खर्च बढी भएपछि अन्ततः रेस्टुरेन्ट बेच्नुपर्ने बाध्याता आइलाग्यो।
![476485477_925257889769696_1578317434784361819_n-1738937728.jpg](https://www.capitalnepal.com/uploads/posts/476485477_925257889769696_1578317434784361819_n-1738937728.jpg)
व्यावसायिक यात्रामा पटक–पटक संघर्ष गर्दै आएका भान्से लक्ष्मण पछिल्लो समय नेपाली खाना प्रवद्र्धनमा जुटेका छन्। सन् २०१८ मा ग्लोबल नेपाली सेफ संस्था स्थापना गर्नेदेखि विभिन्न देशमा च्याप्टरको शुभारम्भ गर्दै उनी यतिबेला रैथाने नेपाली खानाको खोज, विकास र प्रवर्द्धनमा सक्रिय छन्।
मिथिला थाली
सेफ सन्तोष शाहले बेलायतको मास्टर सेफ प्रतियोगिताको रिम्याच जित्दै गर्दा लक्ष्मणले नेपालमै नेपाली खाना प्रवद्र्धन सुरु गरिसकेका थिए। रिम्याच जितेका सेफ सन्तोष नेपाल आउँदा लक्ष्मणसँग भेट भयो। दुवैको एउटै उद्देश्य थियो, नेपाली खानाको विश्वस्तरमा प्रवद्र्धन गर्नु।
यही उद्देश्यले दुवै जनालाई एकै ठाउँमा उभ्यायो। सन्तोषसँग मिलेर लक्ष्मणले पनि काम सुरु गरे। अहिले मिथिला थाली रेस्टुरेन्टमा उनी सल्लाकार र फुड डेभलपरका रुपमा कार्यरत छन्। गत वर्षको असारमा जनकपुरबाट सुरु भएको मिथिला थाली यतिबेला काठमाडौँको झम्सिखेल, गौशला र नक्सालमा सञ्चालनमा आइसकेको छ। भान्से लक्ष्मणले यी सबै रेस्टुरेन्टको जिम्मेवारी सम्हालिरहेका छन्।
नेपाली खाना प्रवर्द्धन
भान्से लक्ष्मण नेपालका कैयौँ खानाका परिकार प्रवर्द्धनको पर्खाइमा रहेको बताउँछन्। उनका अनुसा हाल थकाली खाना मात्रै विश्वस्तर पुग्न सकेको छ। त्यसबाहेक कैयौँ रैथाने खानालाई हामीले चिन्न र प्रचारप्रसार गर्न नसकेको उनको भनाइ छ।
‘थारु, नेवारी, तामाङ, राईलगायतका जातजाति रैथाने खाना निकै राम्रा छन्, त्यसलाई थप विकास गरी हामीले विश्वस्तरमा यसको प्रवर्द्धन गर्न सक्छौँ, फुड टुरिजममार्फत पर्यटकीय गतिविधि पनि बढाउन सक्छौँ’, उनले भने, ‘आजका दिनमा हामीले प्लेटिङमा मात्रै ध्यान दिएका छौँ, तर यसको विकास र प्रवद्र्धनमा जति हुनुपर्ने हो त्यो ध्यान दिन सकेका छैनौँ।’
उनका अनुसार मिथिला थालीलाई अब अन्तर्राष्ट्रिय स्तरमा लैजाने योजना बनाइएको छ। यसका लागि मिथिला थालीको ‘न्युट्रिसन भ्यालु’समेत निकालेर प्रचारप्रचार गर्ने सोच छ। ‘मिथिला थालीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउनका लागि यसमा कति पौष्टिक तत्व छ भन्ने पनि ग्राहकले थाहा पाउनुपर्छ, यो अभ्यास पनि हो, त्यसैले आगामी दिनमा यसको इतिहास, महत्व र आवश्यकता बुझाउने गरी प्रचारप्रसार योजना बनाएका छौँ’, उनले भने।