काठमाडौं। पछिल्लो केही महिनादेखि विद्युतीय सवारी साधान (ईभी)प्रति ग्राहकको आकर्षण घटिरेहको छ। ग्राहकको आकर्षण घटेसँगै चम्किएको ईभी अटो बजार पुनः सुस्ताउन थालेपछि कम्पनीहरुले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन्।
अहिले अटो कम्पनीबीच एक्सचेञ्ज क्याम्प सञ्चालन गर्न होडबाजी चलिरहेको छ। विभिन्न सहर केन्द्रित गरेर अटो कम्पनीले हरेक दिन जस्तो एक्सचेञ्ज क्याम्प सञ्चालन गर्दै आएका हुन्।
विन्टर सिजनमा ग्राहकमा नयाँ सवारी साधन खरिद गर्ने इच्छा कम हुन्छ। तर, पुराना गाडीहरुले दुःख दिइरहेकाले एक्सचेञ्ज चाहना भएका धेरै हुन्छन्। यस्तो अवस्थामा कम्पनीले ग्राहक लक्षित योजना ल्याएको सेरेस ब्राण्डको बिजनेस हेड प्रशन्न पन्त बताउँछन्। ‘पुराना डिजेल पेट्रोल गाडी एक्सचेञ्ज गर्ने र नयाँ किन्ने वातावण बनाउन अफर ल्याएको हो। यसलाई अटो बजार सुस्ताएको भन्न मिल्दैन,’ उनले भने।
पुस र माघ भनेको अटोमोबाइलमा अलि कम व्यापार हुने महिना हो। त्यसैले एक्सचेञ्ज क्याम्प आयोजना गरी ग्राहकलाई जागरुकता गराउनको लागि र अर्काे भनेको बिक्री बढाउन स्किम तथा एक्सचेञ्ज योजना दिने पन्तको भनाइ छ। ‘अहिले हामीले नेपालभरि एक्सचेञ्ज क्याम्प चलाइरहेका छौं। यसको नतिजा राम्रो छ। नर्मल महिना जस्तो धेरै हुँदैन,’ उनले थपे।
![476725204_4069428133288789_3982874124683384934_n-1738912202.jpg](https://www.capitalnepal.com/uploads/posts/476725204_4069428133288789_3982874124683384934_n-1738912202.jpg)
अटो व्यवसायीले विन्टरको समयमा कसैले विन्टर स्किम सार्वजनिक गर्छन् भने कसैले एक्सचेञ्ज क्याम्प आयोजना गरिरहेका हुन्छन्,’ पारामाउन्ट मोटर्सका मार्केटिङ हेड सन्दिप क्षेत्री भन्छन्, ‘यो समयको मार्केटलाई अलिकति उठाऊ भनेर हो। यसलाई अटो बजार सुस्ताएको भन्न मिल्दैन।’ यो समयको एक्सचेञ्जले अटो व्यवसायमा स्पिड लिनको लागि एक लेभलको ब्रेक थ्रु गरेको उनको भनाइ छ।
‘अटो व्यवसायीले वर्षभरिको क्यालेण्डरमा नेपाली नयाँ वर्ष, अंग्रेजी नयाँ वर्ष र अन्य फेस्टिभ सिजनमा विभिन्न खालको स्किम सार्वजनिक गरिरहेका हुन्छन्,’ क्षेत्री भन्छन्, ‘त्यो सकेपछि विन्टरको समय ब्रेक हुन्छ। ब्रेक हुनुको कारण भनेको त्यसको ४ महिनापछि देशको मौद्रिक नीति आउँछ। त्यसले गर्दा विन्टरमा केही न केही प्लान गरेर ग्राहकलाई सहुलियत दिऔँ भन्ने हो।’
![475708086_639960998712223_9158616874739225455_n-1738912202.jpg](https://www.capitalnepal.com/uploads/posts/475708086_639960998712223_9158616874739225455_n-1738912202.jpg)
आफ्नो व्यवसायलाई गतिशिल राख्न विन्टर सिजनमा अटो ब्राण्डहरुले एक्सचेञ्ज क्याम्प आयोजना गर्ने गरेको एलएस अटोका नेपालका लागि आधिकारिक वितरक नेक्सन भेञ्चरका नबिन फुयाल बताउँछन्।
‘कम्पनीहरुले आफ्नो व्यवसायलाई गतिशिल राख्न एक्सचेञ्ज क्याम्प र विभिन्न खालको स्किम दिइरहेका हुन्,’ उनी भन्छन, ‘नयाँ वर्षभन्दा अगाडि मानिसमा नयाँ गाडी चढौँ भन्ने योजना हुन्छ। त्यसका लागि एक्सचेञ्ज क्याम्प आयोजना गरी ग्राहकलाई केही सहज बनाएको हो। यसलाई अटो व्यवसाय सुस्ताएको भन्न मिल्दैन।’
हुन त अटो ब्राण्डले वर्षमा थुप्रै किसिमका ग्राहक लक्षित स्किम र एक्सचेञ्ज क्याम्प सञ्चालन गर्दै आएका छन्। चाडपर्व लक्षित, नयाँ वर्ष लक्षित, अटो मेला लक्षित जस्ता धेरै अफर हरेक वर्ष आउने गरेका छन्।
![475735496_1182586709364276_4982153804720885249_n-1738912202.jpg](https://www.capitalnepal.com/uploads/posts/475735496_1182586709364276_4982153804720885249_n-1738912202.jpg)
यो सिजन सवारीसाधन कम खरिद बिक्री हुने समयमा पर्दछ। विन्टर सिजनलाई अटो व्यापारको लागि बेमौसमी समयको रुपमा लिइन्छ। बजारमा तीव्र प्रतिस्पर्धा रहेकाले विभिन्न किसिमका अफर तथा एक्सचेञ्ज सुविधा ल्याएर ग्राहक आकर्षण गर्न अटो व्यवसायीहरु सधैँजसो लागि परिरहेका छन्।
अधिकांश ब्राण्डहरूले एक्सचेञ्ज क्याम्प चलाएका कारण अटो बजार अहिले सुस्ताएको हो कि भन्ने पनि देखिएको छ।