काठमाडौं। नेपालमा गल्फ लुब्रिकेन्ट्सका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजत पत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले पश्चिम नेपालमा कार्यक्रम सम्पन्न गरेको छ। पश्चिमका ठूला सहर धनगढी, नेपालगञ्ज र सुर्खेतमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्ससँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।
नेपाल ल्युब आयल लिमिटेडका आधिकारिक पार्टनर धनगढीको सयपत्री स्टोर्स, नेपालगञ्जको रवी ट्रेडर्स र सुर्खेतको दिपु एण्ड दर्शना अटो पाट्र्सको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा सयौँ नयाँ तथा पुराना बिक्रेता र मेकानिक्सले सहभागिता जनाएका थिए।
धनगढीमा सम्पन्न उक्त कार्यक्रममा नेपाल अटो मेकानिक ट्रेड युनियनका केन्द्रीय सदस्य राम नरेश चौधरी प्रमुख अतिथि रहेका थिए। यसैगरी, नेपालगञ्जमा सम्पन्न कार्यक्रममा बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओली प्रमुख अतिथि रहेको थियो। उपाध्यक्ष सविन घिमिरे अतिथिका रूपमा उपस्थित थिए।
यसैगरी, सुर्खेतमा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रतन न्यौपाने प्रमुख अतिथि रहेका थिए। संस्थाका कर्णाली प्रदेशका प्रमुख मोहम्मद मिजन अन्सारी अतिथिका रूपमा उपस्थित थिए।
“रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स (पीजीएम) मीट कार्यक्रम अत्यन्त महत्वपूर्ण छ। यस कार्यक्रममार्फत हामीले रिटेलर तथा पीजीएम साथीहरूसँग प्रत्यक्ष छलफल गर्नमात्रै होइन, उहाँहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अवसर पनि प्राप्त गर्छौं,’ कम्पनीले भनेको छ।
कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक राजन रावल र घनश्याम ओलीले गल्फका विभिन्न उत्पादनहरूको विस्तृत जानकारी प्रस्तुत गरेका थिए। उनले नेपाल ल्युब आयलको उत्पादन अटोमोबाइलदेखि उद्योगमा प्रयोग हुने सबै सेग्मेन्ट र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजबारे जानकारी गराएका थिए ।
त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको प्राइड ब्याट्रीबारे पनि जानकारी दिएका थिए। छलफलकै क्रममा सम्पूर्ण क्षेत्रमा गल्फ लुब्रिकेन्ट्सको माग अत्यधिक रहेको र ग्राहकको पहिलो रोजाइको ब्रान्डका रूपमा स्थापित भएको विषयमा सबै सहभागीहरूले समर्थन व्यक्त गरेका थिए।
युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो। यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ। नेपालमा गल्फ ब्राण्ड बिगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।