काठमाडौंं। गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ।
उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन्। कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ।
प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ भने वांँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ। आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ। वर्षामा १८६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ।
कम्पनीका अध्यक्ष न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन्। यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४।५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ साथै कम्पनिको प्राथमिक शेयर निष्काशन (आईपी) ६ महिनाभित्रमा जारी हुने प्रक्रियामा समेत रहेको छ।
हाईड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस बुढीगण्डकी हाईड्रोपावर आगामी १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ। आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता (पीपीए) भएको थियो। साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ।
आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ। आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पव्लिक लिमिटेड गरी प्राथमिक शेयर (आईपीओ) मा गई छिट्टै सर्वसाधारणको लागि शेयर जारी गर्ने तयारी समेत गरेको जनाइएको छ।
यसअघि निर्माण सम्पन्न गरि सफलतापुर्वक बिकास हाईड्रोलाई राष्ट्रिय प्रशारण लाईनमा जोड्न सफल भएको टिम र टिममा अध्यक्ष रहेका एनआरएनए आईसिसी उपाध्यक्ष खगेन्द्र न्यौपानेको टिमले सफल हाईड्रो डेप्लपर्सको रूपमा समेत ख्याति कमाईसकेका छन।
आयोजनालाई सफलतापुर्वक सम्पन्न गर्न र यसै वर्ष शुरू गर्ने गरी थप २४ मेगावाट क्षमताको साङ्ग्रीला हाईड्रोपावर बनाउने कम्पनीले जनाएको हाइड्रोपावारका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
कार्यक्रममा रास्ट्रीय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले यो टिमले विकास हाइड्रोपावर समयमै निर्माण गरेर मन जितेकाले आफुहरुले अर्को प्रोजेक्टमा पनि लगानी गरेको बताए।
विकास हाईड्रोको सफलतापछि बुढिगण्डकी हाईड्रोपावर र साङ्ग्रीला हाईड्रोपावर शुरु गरेको यो टिमले समयमानै हाईड्रो सम्पन्न गर्ने बताएको छ। गोरखा जिल्लाको धार्चे गाउपालिकामा निर्माण शुरु गरिएको यस आयोजनाको नेतृत्व गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसिका उपाध्यक्ष न्यौपानेले गरेका छन।
यही टिमले यस अघि सोहि क्षेत्रमा बिकाश हाईड्रो पावरको विद्युत प्राधिकरणले दिएको समयभन्दा पहिला नै सफलतापूर्वक सम्पन्न गरिसकेको छ। विकाश हाईड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि देश बिकाशमा सानो भने पनि थप योगदान गर्न सुपर माछाखोला जलविद्युत आयोजना ४.६ मेघावाट र साङ्ग्रीला हाईड्रोपावर २४ मेघावाट शुरु गरेको अध्यक्ष न्यौपानेले बताए।
उनले आफूले अघिल्लो विकास हाईड्रोजस्तै अन्य २ हाईड्रोलाई पनि समय सिमा भन्दा पहिले नै सम्पन्न गरेर लगानीकर्ताहरुको मन जित्ने बताए। यस्तै अर्का संचालक कृष्ण घिमिरेले बिकास हाईड्रोलाई जस्तै अन्य प्रोजेक्टलाई माया गरिदिन सबैलाई आग्रह गरे। घिमिरेले आफूहरुले छिट्टै थप अन्य हाईड्रो पनि निर्माण गर्ने बताए।
यस आयोजना बनाउन देश विदेशमा रहेका नेपाली र एनआरएनएले साथ दिएको र चुस्त टिम भएकै कारण समयमा हाईड्रो सम्पन गरिने न्यौपानेले बताए । उनले अहिलेसम्म आफुहरुले साना आयोजनामा मात्र लगानि गरिरहेकोमा अब निकट भविष्यमा २५ मेघावाट भन्दा माथि ५० र १०० मेघावाटको आयोजना बनाउने गरि तयारी गरेको बताए। जलविद्युतनै नेपालको भबिष्य हो यसमा क्रान्ति नै गर्नु पर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ न्यौपानेले बताए । उनले हाईड्रो पावर टिममा म्यानेजमेन्ट टिम नै प्रमुख हुने रहेछ त्यस्तो टिमवर्क हामिमा छ तेसैले हामी सफल भएका छौ।