काठमाडौं। सेयर बजार ११.६४ अंकले घटेको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन बुधबार सेयर बजार ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा रोकिएको थियो।
बिहीबार नेप्सेमा कुल ९ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बिहीबार कारोबारमा आएकामध्ये ७४ कम्पनीका सेयर मूल्य बढ्दा १६० कम्पनीको भने घटेको छ। यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर छ।
बिहीबार अप्पर लोहोरे खोला हाइड्रोपावरमा सकारात्मक सर्किट लाग्दा सेन्ट्रल फाइनान्स ६.५१ प्रतिशत, गुडवील फाइनान्स ६.०३ प्रतिशत, सुपर मादि हाइड्रोपावर ५.७१ प्रतिशतले बढेको छ।
बिहीबार उपकार लघुवित्त वित्तीय संस्था र कर्पाेरेट डभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लाग्दा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ७.८९ प्रतिशतले घटेको छ।
आइतबार बैंकिङ समूह सेयर मूल्य ०.३४ प्रतिशत, विकास बैंक समूहको सेयर मूल्य १.५३ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३७ प्रतिशत, हाइड्रोपावर समूह ०.३७ प्रतिशत, लगानी समूह ०.३९ प्रतिशत, जीवन बिमा समूह ०.१५ प्रतिशत, उत्पादन समूह ०.४० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५९ प्रतिशतले घटेको छ। यस्तै,फाइनान्स समूह १.५८ प्रतिशतले बढेको छ।