काठमाडौं। चितवनस्थित सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले चितवन जिल्ला अदालत हाजिर गराएको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको करिब ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ हिनामिनामा रविसहित १५ जनाविरुद्ध परेको मुद्दामाथि आज थुनछेक बहसका लागि प्रहरीले अदालतमा उपस्थित गराएको हो।
अदालतमा बयान सकिएसँगै थुनछेक बहस सुरु हुनेछ। सरकारी वकिल कार्यालयले मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो।
सहारा सहकारीबाट रकम लगेर गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क, नेचर हब इन्टरनेसनल, जिबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट रहेको विश्वकर्माले जानकारी दिए। प्रहरीले बुधबार बचत रकम अपचलन मुद्दाको थुनछेक बहसका लागि लामिछानेलाई अदालत उपस्थित गराएको हो।
बुधबार थुनछेक बहस नसकिएपछि अदालतले लामिछानेलाई हिरासत पठाउन आदेश दिएको थियो। सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेविरुद्ध जाहेरी दिएका सहकारी पीडितको तर्फबाट बिहीबार आज ८ जना अधिवक्ताले बहस गर्दै छन्।
बुधबार थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिल बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए। त्यसपछि जाहेरीवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए।
आज जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, राजकुमार श्रेष्ठ, अधिवक्ता आरसी गौतम, गोपिलाल देवकोटा, सीताराम दवाडी, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्दैछन्।
रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ता नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, केदारराज पन्त र दीपकराज तिमल्सेनाको वकालतनामा दर्ता भएको अदालतका सूचना अधिकारी विश्वकर्माले बताए।
आज बहस सकिए रविलाई थुना पठाउने वा बाहिरै राख्ने भन्ने निर्णय आउनेछ।