भारतको सबैभन्दा ठूलो अटो शो ‘अटो एक्स्पो २०२०’ शुरु भएको छ । इभेन्टमा मारुति सुजुकी, टाटा मोटर्स, रेनो, किया, हुन्डाई तथा एमजी मोटर्सलगायतले आफ्नो नयाँ कार सार्वजनिक गर्न शुरु गरिसकेका छन् ।
यो पटकको एक्स्पोमा अधिकांश कम्पनीहरुको प्राथमिकतामा इलेक्ट्रिक भेहिकल तथा एसयूभी सेगमेन्ट परेका छन् ।
अटो एक्स्पोमा यो पटक फोर्ड, बीएमडब्लु, टोयोटा, आँडी,जीप, वाँल्वो, लेक्सर तथा होन्डा जस्तो ९ ठूला कम्पनी भने सहभागी छैनन् । तर, चीनबाट ग्रेटवाल मोटर्स र एमजी जस्तो कम्पनीहरु भने पहिलो पटक भारत आएका छन् ।
एक्स्पोमा सहभागी हुन विगतका बर्षहरुमा आयोजकले पार्किङबाट निशुल्क सटल बसको सुविधा उपलब्ध गराउथे । तर, यो पटक भने दर्शकहरुले हिडेर नै एक्स्पो स्थलसम्म पुग्नु पर्ने भएको छ । पार्किङ स्थलमा १० हजार भन्दा बढि गाडीहरु अटाउन सक्ने क्षमता रहेको छ ।
इभेन्टमा भारतको सबैभन्दा पहिलो तथा ठूलो कम्पनी मारुति सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार फ्युचरो इ सार्वजनिक गरिसकेको छ । यसका साथै टाटाले आफ्नो सियरा इवी कन्सेप्टको एसयुभी सार्वजनिक गरेको छ ।
अटो एक्स्पो २०२० मा मारुति सुजुकीले ४ सिटे इलेक्ट्रिक कार फ्युचरो ई पेश गरिसकेको छ । यसको शुरुवाती मुल्य भारु १५ लाख बताइएको छ । गाडी सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक तथा सिइओ केनिची अयुकावाले भनेका छन् ‘फ्युचरो–ई पुरै डिजाइन भारतमा नै गरिएको कार हो । यसले इलेक्ट्रिक भेहिकलको डिजाइनमा नयाँ ट्रेण्ड स्थापित हुन्छ ।’
टाटा मोटर्सले सानदार कन्सेप्टको रुपमा सियरा इभी कन्सेप्ट कार सार्वजनिक गरकोे छ । यो पुरै इलेक्ट्रिक कार हो । जब की हालसम्म यसको स्पेशिफिकेशन र मुल्य खुलाएको छैन ।