काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो।
युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १४ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा युरोको मूल्यमा वृद्धि भएको छ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम गरिएको छ। युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्क दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९३ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर आठ रूपैयाँ ९६ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ १३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३० पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २८ पैसा र बिक्री दर ३१ रूपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५५ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १२ रूपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २४ पैसा र बिक्री दर १९ रूपैयाँ ३२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ०४ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७० रूपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूयैयाँ ०९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ६५ पैसा निर्धारण भएको छ। यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।