नेपाल दूरसञ्चार प्राधिकरण मुलुकमा भरपर्दो र सर्वसुलभ दूरसञ्चार सेवालाई सुनिश्चितता गर्नका लागि बनेको निकाय हो। यो संस्थाको स्थापना २०५३ को दूरसञ्चार ऐन बमोजिम भएको हो। पहिला हामी टेलिकम अपरेटर भनेर दूरसञ्चार कम्पनीलाई चिन्ने गर्दथ्यौँ। तर, आज सूचना प्रविधिमा आएको व्यापक परिवर्तनका कारण टेलिकम अपरेटर डिजिटल अपरेटर बन्न पुगेको छ। हिजोका दिनमा हामीले सेवाको गुणस्तरको विषयलाई मात्रै केन्द्रमा राख्ने गरेको भए पनि आजका दिनमा गुणस्तरीय अनुभवमा नै ध्यान दिन जरुरी देखिन्छ।
नेपाल टेलिकमसँग जोडिएको एफटीटीएचका विषयमा धेरै गुनासो आइरहेका हुन्छन्। अहिले बाटोमा हिँड्दै गर्दा पनि धेरै ठाउँमा नेटवर्क नटिप्ने र फोन काटिने समस्या आइरहेको हुन्छ। दूरसञ्चार व्यवसायअन्तर्गत अटोमेटिक फ्रिक्वेन्सी योजना बनाउने, ड्राइभ टेस्ट टुल्स बढाउनुपर्ने आवश्यक्ता देखिन्छ। यसले एकातर्फ नेपाल टेलिकमको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दछ भने ग्राहकले पाउने सेवा पनि गुणस्तरीय हुन्छ। नियामकले केही कारण रोकेका सेवा प्रवाह पनि खुला गरिसकेको छ।
नेपाल सरकाको नीति, सञ्चार मन्त्रीको निर्देशन बमोजिम फोरजीको कभरेज जतिसक्दो छिटो नेपालभर पुर्याउनुपर्ने हुन्छ। फोरजी विस्तारको क्षमता बढाएर यसमा काम गर्न आवश्यक रहेको छ।
नेपालको डिजिटल विस्तार, योजना तथा नीतिहरुमा असर नपरोस् भनेर हामीले खोलिसकेका छौँ। अब नेटवर्कमा गर्नुपर्ने विस्तार, सेवा सुधार तथा पहुँच विस्तारमा तुरुन्तै काम गर्न म आग्रह गर्दछु। यस्तै, हामीले आजका दिनमा हाम्रा ग्राहकले गरेको अनुभूतिका विषयमा कस्तो किसिमको अध्ययन गरिरहेका छौं भन्ने विषय पनि प्रमुख हुन्छ। नेपाल टेलिकमले प्रदान गर्ने सेवाप्रति नागरिकले गरेको अनुभव कस्तो छ भन्ने विषयलाई हेरेर अगाडि बढ्न पनि नेपाल टेलिकमसँग आग्रह गर्दछु। ग्राहकबाट आएको प्रतिक्रियालाई लिएर थप योजना बनाउँदा राम्रो हुने मैले देखेको छु।
यस्तै, फोरजीका सवालमा पनि कुन ठाउँको सेवा कस्तो छ? कति सुधारको खाँचो छ? भन्ने अध्ययन गरेर सो अनुसारको कार्ययोजना बनाउनुपर्ने देखिन्छ। यसका लागि नियामकको हिसाबमा प्राधिकरणले गर्नुपर्ने जुनसुकै किसिमको सहयोगका लागि हामी तयार र तत्पर छौं।
अहिले राजमार्गमा रहेको नेटवर्कको पहुँच (कभरेज)मा पनि धेरै काम गर्नुपर्ने देखिन्छ। नेपाल सरकाको नीति, सञ्चार मन्त्रीको निर्देशन बमोजिम फोरजीको कभरेज जतिसक्दो छिटो नेपालभर पुर्याउनुपर्ने हुन्छ। फोरजी विस्तारको क्षमता बढाएर यसमा काम गर्न आवश्यक रहेको छ।
टेलिकम क्षेत्रमा आएको समस्या, प्रविधिमा देखिएको परिवर्तनलाई हेर्दै कुन क्षेत्रमा कसरी काम गर्दा उचित हुन्छ भन्ने विषय प्रमुख हो। यसका लागि हामी सहयकार्य गर्न तयार छौँ। ९०० ब्यान्डवीथमा ०.४ मेगाहर्जमा फोरजी लन्च गर्ने, २१०० ब्यान्डवीथमा १० मेगाहर्ज र ८०० ब्यान्डवीथमा ५ मेगाहर्जमा फोरजी ल्याउनका लागि आधारभूत सीमाहरु पुरा गरेको खण्डमा हामी जुनसुकै समयमा दिन सक्ने अवस्थामा छौँ। फाइभ–जीले विभिन्न कुरामा सधैँ नेतृत्वदायी काम गरेर गएको छ। जहिले यसरी नै काम गर्दै जाओस् भन्ने शुभकामना पनि दिन चाहन्छु।
फाइभ-जीलाई जतिसक्दो छिटो सुरु गर्नका लागि पनि नेपाल टेलिकमसँग आग्रह छ। यसका लागि ७००, २६०० र ३५०० ब्यान्डवीथमा अनुमति प्रदान गर्ने नीतिगत बाटो खुलिसकेको छ। यसर्थ, कम्पनीबाट यसको अनुमति माग भएमा हामी जतिसक्दो छिटो स्वीकारोक्ति दिन तयार रहेको जानकारी गराउन चाहन्छु। यसमा लगानी महँगो छ र व्यवसाय छैन भन्ने विषय आउँछ। तर, ठूलो सहरबाट यसमा काम गर्न सुरु गर्दा उचित हुने मलाई लाग्छ। काठमाडौँ, पोखरा, विराटनगर, बुटवल जस्ता ठाउँबाट फाइभजी सुरु गर्न सकिन्छ।
यसले गर्दा विभिन्न समस्या पनि आइरहेको छ। तर, आगामी दिनमा पूर्वाधारभन्दा पनि प्रविधि र प्रयोगकर्ताको गुणस्तरीय अनुभूति निर्माणमा काम गर्नुपर्ने हुन्छ।
रेभेन्यु फलो टेक्नोलोजि वा टेक्नोलोजी फलो रेभेन्यु भन्ने बेलामा प्रविधिलाई नै अगाडि लिएर काम गर्दा राम्रो हुने र व्यवसाय दिगो हुनसक्छ। दूरसञ्चार प्राधिकरणले डिजिटल हाइवे बनाउने कामलाई छिटो सक्नुपर्ने विषय उठाउँदै आएको छ। यसको निष्कर्षमा जतिसक्दो छिटो हामी पुग्नुपर्छ। रोकिएका ठाउँमा पनि हामी काम अगाडि बढाउन निरन्तर काम गर्न योजनामा छौँ। रोकिएका काम सुरु यसै वर्ष गर्ने योजनामा हामी रहेकाले स्वयम् टेलिकमले यस क्षेत्रमा काम अवसर प्राप्त गर्नसक्ने ठाउँ पनि छ।
जहाँ नागरिक छन् सेवा त्यहिँ पुर्याउनुपर्छ भनेर हामीले तीन योजनालाई प्राथमिकतामा राखेका छौं। यसमा हाइवे कभरेज, नेटवर्क नभएका उच्च पहाडी जिल्ला, उच्च हिमालमा नेटवर्क पुर्याउन पूर्वाधारमा सहयोग गर्ने कुरा छन्। यसको प्रक्रिया पनि अगाडि बढिसकेको छ। अहिले पूर्वाधार निर्माणमा दोहोरो लगानी भइरहेको छ। यसले गर्दा विभिन्न समस्या पनि आइरहेको छ। तर, आगामी दिनमा पूर्वाधारभन्दा पनि प्रविधि र प्रयोगकर्ताको गुणस्तरीय अनुभूति निर्माणमा काम गर्नुपर्ने हुन्छ। यसर्थ, दूरसञ्चार पूर्वाधार निर्माणमा काम गर्ने अवसर पनि खुला रहेको जानकारी गराउन चाहन्छु।
्
समग्रमा अहिले टेलिकम कम्पनीहरुको आम्दानी घटेको भन्दै चिन्ता व्यक्त भइरहेको छ। तर, नेपाल टेलिकमको दिगो वित्तीय आम्दानीको सम्भावना नेपालमा नै प्रयाप्त रहेको मैले देखेको छु। यद्यपि, हामी जहाँ पुग्दा पनि टेलिकमको सेवामा ग्राहक असन्तुष्ट देखिन्छन्। यो अवस्थामा हाम्रो मोबाइल डाटाको योजना के हुने? हामी कति समयमा कहाँ पुग्ने? भन्ने कुराको लक्षित योजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ। नेपाल टेलिकमको सेवाप्रति खुसी नभएका ग्राहकलाई खुसी र सन्तुष्ट बनाएर जाने ठाउँमा हामीले काम गर्न सक्नु पर्दछ।
नेपाल टेलिकमलाई राष्ट्रको सञ्चारको रुपमा लिइन्छ। अब के गर्दा यो उद्योग दिगो हुन्छ भन्ने विषय हामी आफैँ पनि अध्ययन गरिरहेका छौं। अपरेटरले पनि यस क्षेत्रमा काम गर्न आवश्यक छ
अहिले ८० प्रतिशत डिजिटल क्यारिअर एफटीटीएचबाट इन्टरनेट सेवा प्रदायकबाट भइरहेको छ। २० प्रतिशत मात्रै वायरलेस काम गरिरहेका छौं। यस्तो अवस्थामा हाम्रो मोबाइल डेटाको योजना के हो? हामी आउने पाँच वर्षमा कहाँ पुग्ने? यसको योजना मैले जरुरी देखेको छु। नेपाल टेलिकमको पहुँचलाई हेर्ने हो भने १५ देखि १७ प्रतिशत प्रतिस्पर्धाभन्दा बढी छ। अर्थात्, यो भूभागमा टेलिकमको प्रतिस्पर्धी छैनन्। यस्तो अवस्थामा हामीले त्यहाँ कसरी व्यवसाय बढाउने भन्ने विषयलाई नजिकबाट नियाल्नु पर्दछ।
नेपाल टेलिकमलाई राष्ट्रको सञ्चारको रुपमा लिइन्छ। अब के गर्दा यो उद्योग दिगो हुन्छ भन्ने विषय हामी आफैँ पनि अध्ययन गरिरहेका छौं। अपरेटरले पनि यस क्षेत्रमा काम गर्न आवश्यक छ। आगामी दिनमा यो क्षेत्र कसरी बचाउने र दिगो बनाउने भन्ने विषयमा सधैँ प्राधिकरण तयार र तत्पर छ। टेलिकम कम्पनीहरुले अब इनोभेटिभ प्रोडक्टमा पनि काम गर्दै त्यसतर्फ व्यवसाय विस्तारको योजनाका साथ काम गर्न सकेमा पनि राम्रो हुने देखिन्छ। नयाँनयाँ प्रविधि र टुल्स तथा सोलुसन ल्याउन सकेमा यसले ग्राहकलाई आकर्षित गर्न सक्दछ।
(नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले राखेको विचार)