काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को इन्टरनेट तथा डाटा सेवाको प्रयोगकर्ता २ करोड ११ लाखभन्दा बढी पुगेका छन्। नेपाल टेलिकमले मंगलबार वार्षिकोत्सबमा सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ मंसिर महिनाको अन्त्यसम्म कम्पनीका इन्टरनेट तथा डाटा सेवाका प्रयोगकर्ता २ करोड ११ लाखभन्दा बढी पुगेका हुन्।
यसमध्ये जीएसएम मोबाइल डाटा सेवाका प्रयोगकर्ता २ करोड ७ लाख तया एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ३ लाख रहेका छन्। जीएसएम ४० सेवातर्फ हात्तसम्म करिव १ करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको छ र निरन्तर विस्तारको क्रममा रहेको छ।
फोरजी÷एलटिई तर्फ नेपाल टेलिकमले दुरतजार सेवालाई बझ बढी सर्वसुलभ र गुणस्तरीय बनाउँदै आफ्नो बजार हिस्सालाई मजबुत पार्ने उद्देश्यले सेवा विस्तार र सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिँदै आएको जनाएको छ।
यसै सन्दर्भमा, वायरलेस ब्रोडब्यान्ड अर्थात् फोरजी÷एलटिई सेवा देशभर बिस्तार गर्दै आएको छ। हालसम्म ७७ जिल्ताका ७४४ स्थानीय तहसम्म यसको पहुँच पुगेको छ भने नेटवर्क बिस्तारका लागि संचालनमा रहेका ४६९७ स्थान मध्ये ४३२४ स्थानमा फोरजी सेवा सञ्चालनमा रहेको छ।
आगामी दिनमा थप सेवा विस्तार गर्न ३३३ नोडेल पूर्वाधार तयारीको कार्य अघि बढिसकेको छ भने थप १२०० ईनोडबी सामान प्राप्ति गर्न बोलपत्रको तयारी अन्तिम चरणमा पुगेको छ।
यसै आर्थिक वर्षभित्र १८०० मेगाहर्जको टुजी सेवा बन्द गर्ने योजना रहेको छ। प्राधिकरणबाट आयात लाइसेन्सलगायत कार्यको सहजीकरण भइसकेको अवस्थामा सेवा विस्तार कार्यले थप गति लिनेछ।
फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपत उल्लेखनीय रूपमा वृद्धि भई हाल कुल मोवाइल डाटा खपतको ९०५ भन्दा बढी हिस्सा फोरजी सेवाले ओगटेको छ। फोरजी भोल्टे सेवा प्रयोग गर्ने ग्राहक संख्या ५८ लाखभन्दा बढी पुगेका छन्।
एसजी सेवा सञ्चालनका लागि उपयुक्त व्यवसायिक रणनीति सहितको अध्ययन सम्पन्न भई प्रतिवेदन पेश गर्ने कार्य अन्तिम चरणमा रहेको र भविष्यमा सरकारको निर्देशनबमोजिम एसजी प्रविधि भित्र्याउने कम्पनीको योजना छ।
सेवा विस्तार भ्वाइस सेवातर्फ
२०८१ मंसिर अन्त्यसम्म कम्पनीका ग्राहक २ करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेका छन्। यसमध्ये जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड ७ लाख ७४ हजार, पीएसटीएन सेवाका ग्राहक ८७ हजार तथा एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ८० हजार रहेका छन्। २०८१ मंसिरको तथ्यांकअनुसार भ्वाइस सेवातर्फ टेलिकमको बजार हिस्सा ५०.४४ प्रतिशत रहेको छ।
एफटीटीएच आयोजना तथा सेवा विस्तार
फोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै फाइबरमार्फत उपलब्ध गराउने उद्देश्यले फाइबर टू होम सेवा विस्तारको योजनालाई चालु आर्थिक वर्षमा तीव्रता दिइएको छ। हालसम्म यो सेवा ७७ जिल्लामा पुगिसकेको कम्पनीले जनाएको छ।
चालू आर्थिक वर्षको पुसम्मको अवधिमा देशका ४६३ स्थानमा करिब २१ लाख वितरण अमताको नेटवर्क तयार भएको छ। सेवा वितरणका हिसाबले हालसम्म ३ लाख ८० हजार भ्वाइस ३ लाख ३० हजार डाटा, र ५८ हजार आईपीटीभी ग्राहकलाई एफटीटीएच नेटवर्कमा आबद्ध गरिसकिएको छ।
मुलुकभरका ७५३ स्थानीय तह, सम्भव भएसम्म सम्पूर्ण ६७४३ वडा र फोरजी प्रविधिमार्फत ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी पुर्याउन अग्रसर रहेको कम्पनीले बताएको छ।
आरटीडीएफ परियोजनाः
ग्रामीण विकास दूरसंचार कोषअन्तर्गत मध्य पहाडी लोकमार्गलाई आधार मानी सोका आसपासका जिल्ला, गाउँपालिका र वडालाई इन्टरनेटको सञ्जालमा आवद्ध गराउने कार्यक्रमअनुरुप कोसी, मधेस प्रदेश र बाग्मती प्रदेशमा गरी १४५० कि।मि बिछयाउने कार्य सम्पन्न भएको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १७४८ कि।मी बप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेकोमा हालसम्म कुल ९९३ कि। मि। अर्थात् ५६.८ प्रतिशत कार्य सम्पन्न भइसकेको बताइएको छ।