काठमाडौं। फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एप मार्फत बिमा प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १०० प्रतिशत क्यासब्याक जित्ने अवसर प्रदान गर्न अभियान सुरू गरेको छ।
यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बिमा प्रिमियम तिर्दा १०० प्रतिशत क्यासब्याक (१५ हजार रूपैयाँसम्म) प्राप्त गर्नेछन्।
यो अभियान माघ ३० (फेब्रुअरी १२, २०२५) सम्म चल्नेछ जसले ग्राहकहरूलाई बिमा प्रिमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्दछ।
सहभागी हुनको लागि ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत फोनपे बिल्सको माध्यमले बिमा प्रिमियम तिर्नुपर्छ।
सफल भुक्तानी पछि उनीहरू स्वतः लकी ड्रा को लागि योग्य हुनेछन् र १०० प्रतिशत क्यासब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्। यो अभियान फोनपे बिल्सको सहजता अनुभव गर्ने साथै भुक्तानी गरेर पुरस्कार प्राप्त गर्ने एक उत्कृष्ट अवसर रहेको बताइएको छ।
सहभागीता
१. आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस्
२. फोनपे बिल्स वा अनलाइन भुक्तानी सेक्सनमा जानुहोस्
३. उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये बीमा विकल्प छान्नुहोस्
४. आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुहोस्
५. भुक्तानी पुष्टि गर्नुहोस्।
भुक्तानी सफल भएपछि, तपाईं १०० क्याशब्याक जित्ने लकी ड्र को लागि योग्य हुनुहुनेछ।
यो अभियान फोनपे बिल्सको सहजता अनुभव गर्ने साथै भुक्तानी गरेर पुरस्कार प्राप्त गर्ने एक उत्कृष्ट अवसर हो।