काठमाडौं। किया मोटर्स इन्डियाले भारतीय बजारमा प्रिमियम मिडसाइज एसयूभी सिरोस लन्च गरेको छ। कोरियाली ब्रान्ड कियाले भर्खरै प्रिमियम सुविधाहरू भएको कार सार्वजनिक गरेको हो। भारतीय बजारमा यो कम्पनीको पाँचौं एसयूभी हो। जसलाई सेल्टोस र सोनेट बीचमा राखिएको छ।
सिरोस ६ भेरियन्टमा उपलब्ध छ। कम्पनीले यसलाई मिनी कार्निभलको संज्ञा दिएको छ। किया सिरोस सोनेटको तुलनामा धेरै प्रिमियम ग्राहकहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको हो।
कारले पेट्रोल इन्जिनमा १८.२० किलोमिटर र डिजेल इन्जिनमा २०.७५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। किया मोटर्सले भारतीय बजारमा यसको मूल्य ८.९९ लाख र १७.८० लाख (भारु) रुपैयाँ निर्धारण गरिएको छ।
यो गाडी हुन्डाई क्रेटा, मारुती ग्रान्ड भिटारा र किया सेल्टोस जस्ता कम्प्याक्ट एसयूभीहरू भन्दा सस्तो भएकाले यिनीहरुको विकल्पको रुपमा आएको हो। यसले टाटा नेक्सन, मारुती ब्रेजा, महिन्द्रा एक्सयुभी र हुन्डाई भेन्यू जस्ता सब–कम्प्याक्ट एसयूभीहरूसँग प्रतिस्पर्धा गर्नेछ।
किया सिरोसको लम्बाई ३९९५ एमएम, चौडाई १८०५ एमएम र उचाई १६२५ एमएम छ। यस कारको ह्वील-बेस २५५० एमएम छ। यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ।
किया सिरोसको बाह्य डिजाइनको बारेमा कुरा गर्दा, यसले कम्पनीको ग्लोबल डिजाइनलाई पछ्याएको छ। जुन किया कार्निभल, किया ईभी ३ किया ईभी ९ बाट प्रेरित छ। सिरोस भारतीय लाइनअपको पहिलो आइसिइ कार हो।
नयाँ कार्निवल जस्तै, यसमा तीन एलईडी प्रोजेक्टर एकाइहरू र एक अद्वितीय ड्रप–डाउन एलईडी डेटाइम रनिङ लाइट (डीआरएल) छ। अगाडिको फेसियाको माथिल्लो भाग सिल गरिएको छ र लगभग ईभी जस्तो देखिन्छ।
यसमा प्यानारोमिक सनरुफ जस्ता सेगमेन्ट फस्र्ट सुविधाहरू पनि प्रिमियम एसयूभीमा उपलब्ध गराइएको छ। सुरक्षाका लागि लेभल–२ एडभान्स ड्राइभिङ असिस्ट सिस्टम (एडीएएस), ३६० डिग्री क्यामेरा र ६ एयरब्याग जस्ता सुविधाहरू पनि उपलब्ध गराइएको छ।
यसको क्याबिन एकदम फ्युचरिस्टिक छ। किया सिरोस कालो र खैरो डुअल टोन केबिन थिममा आधारित छ। जसको ड्यासबोर्ड किया ईभी ९ बाट प्रेरित छ। यसमा २ स्पोक स्टेयरिङ ह्विल पनि छ। यसको क्याबिनको सबैभन्दा ठूलो विशेषता यसमा दिइएको ट्रिपल स्क्रिन सेटअप हो। यसमा इन्फोटेनमेन्ट सिस्टम र ड्राइभर डिस्प्लेका लागि १२.३–१२.३ इन्चको दुईवटा डिस्प्ले दिइएको छ।
यस बाहेक, गियर सिफ्टर नजिकैको कन्सोलमा पुश बटन स्टार्ट÷स्टप र पार्किङ सेन्सर बटनहरू पनि उपलब्ध छन्। यसको डीसीटी र अटोमेटिक भेरियन्टहरूमा गियर लिभर डुअल टोन म्याट र ग्लोस ग्रे कलरमा फिनिश गरिएको छ, जबकि स्पोर्टी लुकको लागि सुन्तला रंगको स्ट्राइप पनि दिइएको छ।
किया सिरोसमा दुई इन्जिन विकल्प दिइएको छ। यसमा १ लिटर ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिन छ जसले १२० एचपी पावर र १७२ एनएम टर्क जेनेरेट गर्छ। ट्रान्समिसनका लागि यो इन्जिन ६ स्पीड म्यानुअल गियरबक्स र ७ स्पीड डुअल क्लच अटोमेटिक गियरबक्सको विकल्पमा उपलब्ध हुनेछ।