काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले नेपालको प्रतिनिधित्व गर्दै मोटर स्पोर्टस् प्रतिस्पर्धामा सहभागी खेलाडी तथा पदाधिकारीलाई सम्मान गरेको छ।
उक्त अवसरमा नेपालले सन् २०२४ मा स्पेनमा आयोजित वल्र्ड मोटर स्पोट्र्स गेम्समा सहभागिता जनाएको ऐतिहासिक उपलब्धिलाई विशेष रूपमा सम्मान गरिएको नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले बताए।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्य र बोर्ड सदस्यलाई नासा नेपालले स्वागत गर्नुका साथै अन्तर्राष्ट्रिय मोटर स्पोट्र्स प्रतिस्पर्धामा नेपाललाई प्रतिनिधित्व गरेका खेलाडी तथा पदाधिकारीलाई सम्मान गरिएको थियो।
उक्त अवसरमा नासाका अध्यक्ष दशरथ रिसाल,
दिप्रश शाक्य, ईस्पोट्र्स विधा, कृष्णप्रसाद पौडेल अटो–सलालम विधा, प्रज्ञा कँडेल अटो–सलालम विधा, यदुराज लामिछाने टोली व्यवस्थापक, टीकाराम यात्री पत्रकार प्रतिनिधिलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नासा नेपालका सचिव दिप्रश शाक्यले आफ्नो र्याली सवारी संस्थालाई हस्तान्तरण गरे।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सांसदहरू, राष्ट्रिय खेलकुद परिषद् उच्च पदाधिकारी तथा खेलकुद एवं मोटर स्पाेर्टस् क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत उपस्थित थिए।