काठमाडाैं। नेपाल आयल निगमले शनिबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम मूल्य समायोजन गरेको छ।
आयल निगम सञ्चालक समितिकाे निर्णयबमोजिम १९ गते राती १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्य प्रतिलिटर पेट्रालमा .२ र डिजेल/मट्टीतेलमा ४ रुपैयाँले बढाइएको हो।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ का दरले बढाएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।
निगमका अनुसार इन्डियन आयल कपोरेसनबाट माघ १८ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १.५९, डिजेलमा ३.५७ तथा हवाई इन्धनमा ५.७० भारु बढेर आएको छ ।
निगमले वर्ग विभाजनअनुसार मुलुकका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै पेट्रोलियम मूल्य कायम गर्ने गरेको छ।
यसअन्तर्गत पहिला वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रा वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गः काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलियम मूल्य फरक हुने गरेको छ।