काठमाडौं। सीजी मोटर्सले आफ्नो उपस्थितिलाई विस्तार गर्दै मधेस प्रदेश केन्द्रित गर्दै वीरगन्जमा अत्याधुनिक ब्रान्डको विविध श्रृंखला लन्च गरेको छ।
कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालिलाई आधिकारिक च्यानल पाटर्नरको रूपमा नियुक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई रूपान्तरण गर्न प्रतिबद्धता जनाएको छ।
उद्घाटन कार्यक्रम वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओरडाइरेक्टर हेमन्त अग्रवाललगायत उपस्थित थिए।
सोरूम विस्तारपछि वीरगन्जमा विश्वप्रसिद्ध ईभी ब्रान्ड जस्तै एभाटर, एक्सपेंग, नेटा, आयोन भी, आयोन वाइ र रिडारा बिक्री गर्नेछ।
कम्पनीले बिक्री गनेर् इभीका विभिन्न विशेषता रहेका छन्।
ग्राहक सुविधा बढाउन सीजी मोटर्सले सीजी केयर सर्भिस एप पनि प्रस्तुत गरेको छ, जसले हटलाइनमार्फत २४र७ सडक सहायताको सेवा दिन्छ।
नेपालभरका २१ बढी सेवा तथा स्पेयर पार्ट्स केन्द्र र २३० भन्दा बढी चार्जिङ स्टेसनको पहुँचको साथ वीरगन्जका ग्राहकले अब सीजी सुविधाबाट सहज मर्मतसम्भार र उत्कृष्ट ग्राहक अनुभव प्राप्त गर्न सक्नेछन्।