काठमाडौं। इटालिया मोटरवर्क्सले सुनरा इलेक्ट्रिक स्कुटरको प्रदर्शन र विशेषतामा मिडियालाई जोड्दै टेस्ट राइड इभेन्ट सम्पन्न गरेको छ।
नेपालमा सुनरा इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता इटालिया मोटरवर्क्स प्रालिले सुनरा केफाइभ स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सम्पन्न गरेको छ।
कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिले सहभागिता जनाएका थिए। सहभागीले सुनरा केफाइभको पावर, प्रदर्शन, प्राविधिक विशेषता र मूल्य नीतिबारे प्रत्यक्ष रूपमा अनुभव गर्न पाएका थिए। मिडिया प्रतिनिधिले स्कुटर ड्राइभ गर्दै यसको गति, सुविधा र ब्याट्री क्षमतालाई प्रशंसा गरेको कम्पनीले जनाएको छ।
सुनरा केफाइभमा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसमा उपलब्ध ७२ भोल्ट ३५ एम्पियर आवरको ग्राफिन ब्याट्री ५–६ घण्टामा पूर्ण चार्ज हुन्छ र एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। सुनरा केफाइभको मूल्य १,८९,९०० रूपैयाँ पर्छ।
इटालिया मोटरवर्क्सले सुनरा केफाइभसँगै रोबो(एस र ह्वांक मोडल पनि विशेष छुटका साथ बजारमा उपलब्ध गराएको छ। रोबो(एस मोडलमा ३ किलोवाट पावर क्षमताको मोटर, ७२ भोल्ट २० एमएएचको दुई लिथियम ब्याट्री, १३५ किलोमिटरसम्मको यात्रा दूरी, र ८० किलोमिटर प्रतिघण्टाको टप स्पीड उपलब्ध छ। यसको मूल्य ३,७९,९०० रहेको छ भने ६० हजार छुटसहित अहिले ३ लाख १९,९०० मा उपलब्ध छ।
ह्वांक मोडल डबल वा सिंगल ब्याट्री विकल्पसहित उपलब्ध छ। डबल ब्याट्री संस्करणको एमआरपी ३,१७,९०० रहेको छ भने ५८,००० छुट सहित यसलाई २,५९,९०० मा पाउन सकिन्छ। सिंगल ब्याट्री संस्करण २,३६,९०० को ३७,००० छुटसहित १,९९,९०० मा बिक्री भइरहेको कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले बताए।